ओमिक्रोनपछि कोरोना महामारी नै अन्त्य हुन्छ : डब्लूएचओ

काठमाडौँ । कोरोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोनले गर्दा नै कोरोना महामारी चाँडै अन्त्य हुने बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का युराेप क्षेत्रीय निर्देशकले हान्स क्लुगले कोरोना महामारीलाई यस ओमिक्रोन भेरियन्टले नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास व्यक्त गरेका हुन् ।
उनले भने, ‘ओमिक्रोन भेरियन्टले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ ।’ यद्यपि आगामी मार्च महिनासम्म ओमिक्रोनबाट युरोपका ६० प्रतिशत जनता संक्रमित हुने समेत उनको भनाई थियो । यसपछि महामारी साम्य हुनसक्ने उनले विश्वास व्यक्त गरे ।
उनले पछिल्लो समय कोरोनाविरुद्धको खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको र भाइरस कमजोर हुँदै गएकोले महामारी अन्त्यको चरणमा पुगेको बताए । यसै साल सन् २०२२ को अन्त्यसम्म महामारी शान्त हुन सक्ने उनको भनाइ थियो ।
यसैगरी अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि पछिल्लाे समय कोराेना संक्रमण दर घट्दो क्रममा रहेकाे भन्दै अब कोरोना महामारी विश्वभर घट्दै जाने विश्वास व्यक्त गरेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम