नेपालद्वारा नेदरल्याण्ड्सलाई २ सय ७ रनको लक्ष्य

काठमाडौं । ट्राइ नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गतको नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा नेपालले २ सय ७ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंअ ऐरीले अर्धशतकीय पारी खेल्दै क्रमशः ६२ र ६० रन बनाए । भुर्तेलले यहि सिरिजको लगातार तेस्रो खेलमा अर्धशतक बनाएका हुन् ।
यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २० र कुशल मल्ल १८ रनमा आउट हुँदा सोमपाल कामीले नटआउट २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ नेदरल्याण्ड्सका भिभाइन किङ्मा र पिटर सिलारले समान २–२ विकेट लिँदा बसदे लीड र आर्यन दत्तले १–१ विकेट लिए ।
नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
Source:Imagekhabr

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा