कोरोनाविरुद्धको बुस्टर डोज खोपबारे अन्योल, अलमलमा सर्वसाधारण

काठमाडौं । कोरोना विरुद्धको दोस्रो खोप लगाएका नागरिकमा बुस्टर खोप लगाउने विषयले अन्योल बनाएको छ ।
भेरोसेल खोप लगाएकाहरूले बुस्टर खोपका रूपमा कोभिसिल्ड लगाउन मिल्ने–नमिल्ने विषयमा विभिन्न टिकाटिप्पणी आएपछि खोप लगाउन लाइनमा लागेहरूमा दोमन देखिएको हो ।
यतिबेला सरकारले ज्येष्ठ नागरिकदेखि अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज लगाइरहेको छ । पहिलो र दोश्रो डोज कोभिसिल्ड खोप लगाएकाहरूले सामान्य रूपमै खोप लगाइरहेका छन् ।
तर, भेरोसेल खोप लगाएकाहरू भने खोप नपाएर अन्योलमा छन् ।
भेरोसेल खोप अभाव भएपछि केहीले बुस्टर डोजको रूपमा कोभिसिल्ड लगाए भने केही ज्येष्ठ नागरिक भने अझै द्विविधामा छन् ।
बुस्टर खोपले आफ्नो शरीरमा पार्ने प्रभावबारे उनीहरूमा हिच्किचाहट छ । कोभिसिल्ड लगाउन मिल्ने भन्नेमा अलमल हुँदा तोकिएका खोप केन्द्रहरूमा पछिल्लो समय खोप लगाउनेको चाप घटेको देखिन्छ ।
स्वास्थ्यकर्मीहरूले खोप लगाउने आउनेलाई सम्झाइ बुझाइ गरे पनि घरलौरी चेतना नपुग्दा उनीहरूले खोप लगाउन अन्कनाइरहेका छन् ।
हुन त विश्वका कयौं देशमा पहिलो र दोश्रो डोज कोभिसिल्ड र एस्ट्राजेनेका लगाए पनि तेश्रो डोज बुस्टरका रूपमा भरोसेल लगाउने अभ्यास नभएको होइन ।
तर, अभाव भएपछि सरकारले गरेको यो निर्णयले भने आम मानिस रनभूल्लमा छन् । यस्तो अवस्थाको निदानका लागि सरकारले एउटा खाेप लगाएकाहरूले अर्काे कम्पनीकाे खाेप लगाउने निर्णय गरिसकेकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउनुहुन्छ ।
काठमाडौं उपत्यकाभित्रै खोपका विषयमा सूचना र चेतनाको अभाव रहेको स्पष्ट हुन्छ । त्यसैले खोपलाई जोखिम नभइ अवसरका रूपमा बुझाउन प्रभावकारी सूचना संयन्त्र बनाउन बाञ्छनीय छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै