रजहरमा खुल्यो हेल्दी फार्मेसी

देवचुली, माधब सुबेदी
देवचुली नगरपालिका वडा नं १६ रजहरमा हेल्दी फार्मेसी संचालनमा आएको छ । बुधबार एक कार्यक्रमका बिच देवचुली वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले हेल्दी फार्मेसी उद्घाटन गर्नुभएको हो । सोहि उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष क्षेत्रीले जनतालाई अन्य फार्मेसीहरुले भन्दा राम्रो सेवा हेल्दी फार्मेसीले दिनुपर्ने बताउनुभयो । त्यस्तै हेल्दी फार्मेसीका प्रमुख डाक्टर शिशिर कोइराला फार्मेसीष्टले अब उपचारको लागि टाडा जान नपर्ने बतउदै प्रतिशपर्धाको समयमा अन्य फार्मेसीहरुले भन्दा राम्रो सेवा सुविधा दिने बताउनुभयो ।
उहाँले फार्मेसीले गुणस्तरीय औषधि बिक्री वितरणका साथै सेवाग्राहीहरूलाई ५० प्रतिशत ल्याप सेवा, नेबुराइजर सेवाहरु समेत उपलब्ध रहेको बताउनुभयो । फार्मेसी उद्घाटनको पहिलो दिन भरतपुर सामुदायीक अस्पतालका मुटु, छाति, मधुमेह, थाइराइट लगाएतका डाक्टर महेन्द्र कुवर अग्रहरीबाट निशुल्क डाक्टरी परामर्श, शुगर र प्रसर लगाएतका रोगहरुको चेकजाच गरिएको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै