
माधव सुवेदी, २७ माघ, नवलपुर ।।
नवलपुरको देवचुलीमा किशोरीहरुका लागि आत्मरक्षा तालिम एक कार्यक्रमका बिच शुरु भएको छ । तालिम देवचुली नगरपालिकाको आयोजना तथा नेपाल कराँते महासंघ, नेपाल सितोरियो कराँते डो नवलपुरको व्यवस्थापनमा आज (बुधबार) देखि शुरु भएको हो ।
कार्यक्रममा मूख्य अतिथीमा लक्ष्मण भण्डारी, सभाध्यक्ष बिष्णुलाल श्रेष्ठ, त्यस्तै संयोजक सुश्मीता काफ्ले लगायत अन्य व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।