गण्डकी प्रदेशमा गाडी भाडा बढ्यो, फागुन १ देखि लागू हुने

एन सञ्चार, २९ माघ ।।
गण्डकी सरकारले प्रदेशभित्र चल्ने सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ। सिफारिस समितिको सिफारिसमा सरकारले २ साताअघि भाडा बढाउने निर्णय मन्त्रिपरिषदबाट गरिसकेको छ। तर, राजपत्रमा भने बिहीबार बल्ल प्रकाशित गरिएको छ। फागुन १ गतेदेखि लागू हुने गरी राजपत्र प्रकाशन गरिए पनि यहाँ यसअघि नै भाडा बढिसकेको छ।
कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै फागुन १ गतेदेखि नयाँ भाडादर लागू हुने जनाएको हो। भाडा बढाउनका लागि सरकारले सिफारिस समिति नै गठन गरेको थियो। गाडीको प्रकृति अनुसार भाडादर फरक छ।
एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३.१० रुपैयाँ निर्धारण गरिएको छ। जिपमा प्रतिकिलोमिटर साढे पाँच रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११.७२ रुपैयाँ लाग्ने छ। सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे दुई रुपैयाँ भाडा दर तोकिएको छ। २० किलोमिटरभन्दा बढी सवार गरेमा भने प्रतिकिलोमिटर साढे दुई रुपैयाँको हिसाब हुनेछ।
ट्याक्सीमा चढ्दा फ्ल्यास डाउनमा ८० रुपैयाँ तिरेर दुई सय मिटरभित्र चल्दा थप शुल्क लाग्दैन। दुई सय मिटर कटेपछि प्रतिपल्स (प्रत्येक दुई सय मिटर) मा थप १० रुपैयाँ थपिन्छ भने १५ किलोमिटर कटेपछि प्रतिकिलोमिटर ३७.५ रुपैयाँ भाडा तिर्नुपर्छ। संघ सरकारले २८ प्रतिशत भाडा बढाएपछि आफ्नो अधिकार क्षेत्रभित्र प्रदेशले भाडा समायोजन गरेको हो।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै