भरतपुर अस्पतालमा जटिल खालका कोरोना सङ्क्रमितको संख्या बढ्दै
चितवनमा पछिल्लो समय जटिल खालका कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ । भरतपुर अस्पतालमा रहेका सङ्क्रमितहरुलाई नै हेर्ने हो भने पनि मंगलबार ८ जना सङ्क्रमित आइसियूमा छन् ।
१० जनामध्ये एक जनाको स्वास्थ्यमा सुधार भएपछि जनरल वार्डमा सारिएको र एक जनाको मृत्यु भएपछि ८ जनामा झरेको भरतपुर अस्पताल कोभिड–१९ संयोजक डा। प्रमोद पौडेलले जानकारी दिए । हालसम्म भरतपुर अस्पतालमा कोरोना भाइरस सङ्क्रमितका लागि १० बेडको आइसियू सञ्चालित छन् । सोमबारसम्ममा भरिएको आइसियूमा मंगलबारसम्म आइपुग्दा दुई जना घटेको उनले बताए ।
मंगलबारको तथ्याङ्क हेर्दा भरतपुर अस्पतालमा २३ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । २५ बेडको एचडियूमा भने ६ जना सङ्क्रमितको उपचार भइरहेको छ । अक्सिजन चाहिने भए पनि भेन्टिलेटरको आवश्यकता नपर्ने सङ्क्रमितका लागि एचडियूमा राख्ने गरिन्छ ।
‘एचडियूमा रहेका सङ्क्रमितलाई भेन्टिलेटर नै चाहिने भयो भने आइसियूमा सारिन्छ, थप सुधार भए जनरल वार्डमा सारिन्छ’, डा। पौडेलले भने, ‘अहिले एचडियूमा पनि ६ जनाको उपचार भइरहेको छ ।’ जनरल वार्डमा भने ९ जना छन् । कुल ७५ बेडको क्षमता रहेको भरतपुर अस्पतालको कोभिड आइसोलेसनमा हाल ६० बेड सञ्चालित रहेको उनले बताए । ‘पहिलेदेखि नै ७५ बेडको आइसोलेसन बनाएका हौँ’, उनले भने, ‘अहिले ६० बेड भए पनि यसलाई हामी ७५ पु¥याउँछौँ ।’
जटिल खालका सङ्क्रमितको संख्या बढ्दै गएकोले अस्पतालको क्षमताले भेटेसम्मको उपचार सेवा दिँदै जाने उनले बताए । भरतपुर अस्पतालले मात्रै थेग्न नसक्ने भएपछि शिक्षण अस्पताल र निजी अस्पतालहरुले पनि कोरोना सङ्क्रमितको उपचार थालेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।
चितवन मेडिकल कलेजमा ११ जना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालले आइसियू र एचडियूसहित ५२ बेड कोरोना सङ्क्रमितका लागि छुट्टयाएर उपचार गराइरहेको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले बताए । जिल्लामा सरकारी अस्पतालले मात्रै धान्न नसकेको अवस्थामा अन्य अस्पतालले पनि सहयोग गर्नुपर्ने हुँदा चितवन मेडिकल कलेजले पूर्वतयारीसहित व्यवस्था मिलाएको उनको भनाइ छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी