वैशाख ८ गते राती १२ बजेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ८ गते राती १२ बजेदेखि वैशाख १५ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक विज्ञप्ति जारी गरी पछिल्ला दिन कोरोना संक्रमणको जोखिम बढेका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको जानकारी दिएका छन् । विज्ञप्तिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा पूर्व निर्धारित परीक्षाहरु, हवाई सेवा र सार्वजनिक निर्माण कार्य सञ्चालन गर्न पाइने जनाइएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रमा पछिल्ला दिन ७३५ जना सक्रिय संक्रमित पुगेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा