सन्दीप बने टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलाे नेपाली बलर

एन सञ्चार, फागुन २ ।।
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेले कीर्तिमान रचेका छन् । आज साेमवार भएकाे आयरल्यान्डसँगकाे खेलमा एक विकेट लिँदै सन्दीपले कीर्तिमान रचेका हुन् ।
आजकाे खेलमा आयरल्यान्डका जर्ज डाेकरेलकाे विकेट लिएका सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । उनी याे उपलब्धि हासिल गर्ने पहिलाे नेपाली बलर बनेका छन् ।
करण केसी पनि टी–२० मा ५० विकेटकाे नजिकै छन् । करणले अहिलेसम्म ३३ खेलमा ४४ विकेट लिइसकेका छन् ।
याेसँगै सन्दीप टी–२० मा छिटाे (कम खेलमा) ५० विकेट लिने बलरकाे तेस्राे नम्बरमा परेका छन् । सन्दीपले २९ खेलमा याे उपलब्धि हात पारेका हुन् ।
याे सूचीकाे पहिलाे नम्बरमा रहेका श्रीलङ्काका अजन्था मेन्डिजले २६ खेलमा ५० विकेट लिएका छन् । यस्तै दाेस्राे नम्बरमा रहेका आयरल्यान्डका मार्च रिचार्ड एडरले २८ खेलमा ५० विकेट लिएका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै