पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा १ सय भन्दा बढि व्यक्तिलाई विदेश उड्नबाट रोक

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोक लगाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले राजधानीको सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको जानकारी दिए । मंगलबार मात्रै सुरिया हेल्थ केयरमा प्रहरीले छापा मारेको थियो भने नक्कली पीसीआर रिपोर्ट जारी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको थियो । सो हेल्थ केयरले कोरोनाको जाँचै नगरी कोरोना नेगेटिभको नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको आरोप लागेको छ । विदेश जानेहरूले पनि त्यसैगरी नक्कली रिपोर्ट बनाएको हुनसक्ने भन्दै उनीहरुको उडानमा रोक लगाइएको हो । उनीहरु विभिन्न एयरलाइन्सको उडानमार्फत विदेश जाने योजनामा थिए ।
रातोपाटी

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव