घर जग्गाको कारोबार ओरालो लाग्यो, ६ महिनामै घट्याे एक अर्ब २३ करोड राजस्व

एन सञ्चार, ४ फागुन ।।
अघिल्लो वर्षकाे तुलनामा गत माघ मसान्तसम्म देशभर घर जग्गाको कारोबारबाट उठ्ने राजस्व एक अर्ब २३ करोड नौ लाख ३० हजार ४४३ ले घटेको छ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार ०७७ को माघमा घर जग्गाको कारोबारबाट ६ अर्ब ७३ करोड २७ लाख ८० हजार ८७७ बराबरको राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार यस वर्ष गत माघ मसान्तसम्म पाँच अर्ब ५० करोड १८ लाख ५० हजार ४३४ बराबर राजस्व सङ्कलन भएको छ।
बैंक तथा वित्तीय संस्थामा तरलताको अभावका कारण घर जग्गाको कारोबारमा मन्दी आएको छ। बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सिबिफिनले पनि घर जग्गामा भएको लगानीलाई अनुत्पादक क्षेत्रको रुपमा टिप्पणी गरेको छ।
यस्तै, नेपाल राष्ट्र बैंकले पनि केही समय पहिले घर जग्गाको कारोबारका बारेमा छुट्टै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । विभागका अनुसार देशभर रहेका कूल १२६ मालपोतमध्ये काठमाडौँ उपत्यकामा रहेका नौ वटा मालपोत कार्यालयमा हुने घर जग्गाको कारोबारसम्बन्धी विवरण धेरै रहेको छ।
गत माघमा देशभर भएका घर जग्गाको कारोबारबाट मात्रै एक अर्ब २६ करोड ५८ लाख ४४ हजार १३४ बराबरको लाभकर उठेको छ। विभागका अनुसार २०७७ माघमा त्यस्तो कर एक अर्ब ७० करोड ८४ लाख ४० हजार २७४ उठेको थियो । लाभकरसमेत घटेकाले कारोबारमा कमी आएको देखिन्छ।
यस्तै, मालपोत कार्यालयले गत माघमा २० करोड १७ लाख ६६ हजार ४८ बराबरको सेवा कर उठाएको छ । त्यस्तो कर, ०७७ माघमा ३९ करोड ४३ लाख ९२ हजार ४०६ बराबर उठाएको थियो। रजिष्ट्रेशन दस्तुरबाट गत माघमा तीन अर्ब ३१ करोड ८९ लाख ५० हजार ८१७ बराबरको राजस्व उठाएको विभागले ०७७ माघमा तीन अर्ब ७६ करोड ८८ लाख ३१ हजार ९७० बराबरको राजस्व उठाएको थियो ।
काठमाडाँ उपत्यकाका नौ मालपोत कार्यालयको विवरणमा पनि डिल्लीबजार मालपोत कार्यालयको मात्रै राजस्व सङ्कलनमा वृद्धि भएको छ । डिल्लीबजार मालपोत कार्यालयले ०७७ माघमा ३८ करोड ८४ लाख ७७ हजार ५८७ बराबरको राजस्व सङ्कलन गरेको थियो । गत माघमा सो कार्यालयले ४३ करोड ८६ लाख ७६ हजार ५३९ बराबरको राजस्व सङ्कलन गरेको विवरणमा उल्लेख छ।
चावहिल मालपोत कार्यालयले ०७७ माघमा ३३ करोड ७९ लाख ३४ हजार ५३९ बराबरको राजस्व सङ्कलन गरेकामा ०७८ को माघमा २९ करोड १८ लाख नौ हजार ५७६ मात्रै सङ्कलन भएको छ।
कलङ्की मालपोत कार्यालयले ०७७ माघमा ४३ करोड ७६ लाख ६६ हजार ४८६ राजस्व सङ्कलन गरेकामा गत माघमा ३९ करोड १३ लाख ८७ हजार ९९३ सङ्कलन गरेको छ। साँखु मालपोत कार्यालयले ०७७ माघमा १३ करोड ३८ लाख ४० हजार ५८८ बराबरको राजस्व सङ्कलन गरेकामा गत माघमा १४ करोड ३४ लाख ४२ हजार ४४४ सङ्कलन गरेको छ।
मनमैजु मालपोत कार्यालयले ०७७ माघमा १४ करोड ३२ लाख सात हजार ९०१ बराबरको राजस्व सङ्कलन गरेकामा यस वर्षको माघमा ११ करोड ४२ लाख ८३ हजार ३०४ बराबरको आम्दानी गरेको छ। टोखा मालपोत कार्यालयले ०७७ माघमा १२ करोड ३३ लाख ७३ हजार २३६ राजस्व सङ्कलन गरेकामा यस वर्षको माघमा नौ करोड ४१ लाख २४ हजार ३५९ बराबर राजस्व सङ्कलन गरेको छ।
ललितपुरमा दुई वटा मालपोत कार्यालय छन्। त्यसमा लगनखेल र गोटीखेल मालपोत कार्यालयले सङ्कलन गर्ने राजस्वसमेत घटेको छ। लगनखेल मालपोत कार्यालयले ०७७ माघमा ६४ करोड ११ लाख ७५ हजार १८६ राजस्व सङ्कलन गर्दा गत माघमा घटेर ५४ करोड ३६ लाख ६० हजार ६८९ मा सीमित भएको छ।
गोटीखेल मालपोत कार्यालयले ०७७ माघमा १३ लाख २२ हजार ४१४ बराबरको राजस्व सङ्कलन गर्दा गत माघमा घटेर १० लाख तीन हजार ५६३ मा सीमित भएको छ। भक्तपुर मालपोतको पनि राजस्व सङ्कलनमा गिरावट आएको छ। यसबाट घर जग्गाको कारोबारमा कमी आएको स्पष्ट देखिएको सो कार्यालयको भनाइ छ।
विवरण अनुसार ०७७ माघमा ४१ करोड २३ लाख ४२ हजार ९६१ राजस्व सङ्कलन गरेको भक्तपुर मालपोत कार्यालयले गत माघमा ३४ करोड ४५ लाख ४३ हजार ९१२ मात्रै सङ्कलन गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठका अनुसार जग्गा प्रशासन सेवालाई सरल, सहज र पारदर्शी बनाउन देशभरका मालपोत कार्यालयमा भूमिसम्बन्धी सूचना तथा व्यवस्थापन प्रणालीमार्फत आधुनिक अनलाइन पद्धतिबाट सेवा प्रदान गरिएकाले राजस्व सङ्कलन थप पारदर्शी बन्न थालेको छ।
सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाइन प्रविधिमार्फत जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्न सक्ने गरि हाल ७४ वटा मालपोत कार्यालयमा ‘पब्लिक एक्सेस मोडल (पाम)’ लागू गरिएको छ। सो प्रणालीको प्रयोग गरेर बैंक, वित्तीय संस्था र कर्मचारी सञ्चय कोषले मालपोत कार्यालयमा नगइकन नै जग्गाका रोक्का, फुकुवा गर्न सक्छन्। कर्मचारी सञ्चय कोष र मालपोत कार्यालय कलङ्की र ललितपुरमा परीक्षणको रुपमा सो सेवा लागू गरिएको र अन्य कार्यालयमा समेत लागू गर्ने तयारी गरिएको छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै