राष्ट्रिय फुटबलका पूर्वकप्तान हरि खड्का दोषी ठहर

एन सञ्चार, फागुन ५ ।।
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले प्रहरी सेवामा प्रवेश गर्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको ठहर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गएको माघ १२ गते खड्काले प्रहरी सेवामा हुँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरे भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बिहीबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले खड्कालाई दोषी ठहर गरेको हो ।
अख्तियारले यसअघि खड्काले झुट्टा प्रमाणपत्र पेस गरी सोही प्रमाणपत्रका आधारमा मिति २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई, प्रहरी सेवामा निरन्तर बहाल रही मिति २०५९।०९/१४ मा प्रहरी नायव निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई आफूसमेतलाई लाभ हुने बदनियत राखी गरेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले महानगरीय प्रहरी गण नं. २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समितिमा) कार्यरत हुँदा खड्काको शैक्षिक योग्यता आईएको पेस गरेको आरोप लगाएको थियो । अख्तियारको अनुसन्धानअनुसार खड्काले भारतको उत्तर प्रदेशको माध्यामिक शिक्षा परिषद् बाराणाशीबाट जारी भएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको जनाइएको छ ।
सोही प्रमाणपत्रका आधारमा खड्काले २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको आरोप लागेको थियो ।
खड्का राष्ट्रिय फुटबल टोलीबाट सवैभन्दा धेरै १३ गोल गर्ने खेलाडीमध्येका एक हुन् । खड्का र निराजन रायमाझीले समान १३ गोल गरेका छन् । खड्का अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला विभागका प्रमुखका रूपमा कार्यरत छन् ।
खड्काको नेपाल पुलिस क्लबबाट लामो समय फुटबल खेले । खड्काकै कप्तानीमा पुलिस क्लबले २०६३ मा सहिद स्मारक ’ए’ डिभिजन लिगको उपाधि जितेको थियो । २०६४ को लिगमा खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
खड्काले नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा समेत काम गरिसकेका छन् । त्यस्तै सन् २०१५ मा खड्काले राष्ट्रिय पुरुष टोलीमा सहायक प्रशिक्षक भएर काम गरेका थिए ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै