गठबन्धन बैठक सकिएलगत्तै ओली भेट्न बालकोट पुगे देउवा

एन सञ्चार, ५ फागुन ।।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन्। सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकारात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ।

एमसीसी संसद्‍मा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अडानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुगेका हुन्। अहिले देउवा र ओलीबीच बालकोटमा संवाद जारी रहेको बताइएको छ।