संसद् बैठक बस्दै, कार्यसूचीमा के छ ?

एन सञ्चार, फाल्गुन ६ ।।
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन ।
लामो समयदेखि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । त्यसले बैठकका कार्यसूची तय गर्नेछ ।अवरोध खुलाउने विषयमा पनि छलफल हुनेछ ।
त्यसअघि, आजै बिहान सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक बस्दै छ । बैठकले एमसीसीलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै