दाङमा यात्रुबाहक बस दुर्घटना

  • समाचार
  • २०७८ बैशाख ९, बिहीबार ०८:४३

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आज बिहान पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ख ९६३९ नम्बरको बस घोराही उपमहानगरपालिका १६ कपासेबगियामा ​ अनियन्त्रित भइ पल्टिँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते हुनेमा घोराही उपमहानगरपालिका १२ की सपना विक, निर्मल विक, तुलसीपुर उपमहानगरपालिका १८ की शर्मिला घर्ती, सल्यानको त्रिवेणी गाउँपालिका ६ का रामप्रसाद कठायत, हस्ती गिरी र तेजबहादुर गिरी रहेका छन् । त्यस्तै त्रिवेणी गाउँपालिका ३ की चेतना रेउले, कपुरकोट नगरपालिका ७ का गणेश बोहरा, सुनसरीको इटहरी नगरपालिका ८ का दलबहादुर विश्वकर्मा र स्याङ्जाको फेदी गाउँपालिका १ का रामचन्द्र विक दुर्घटनामा घाइते भएका छन् । घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 41 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 107 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *