देवचुलीमा ४ हजार भन्दा बढि बालबालिकालाई भिटामिन ‘ए’ को औषधि खुवाईयो

देवचुली, माधब सुबेदी
सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तरर्गत नवलपुरमा भिटामिन ‘ए’ खाने ३४ हजार र जुकाको औषधि खाने ३९ हजार बालबालिका रहेका छन् । त्यसैगरी देवचुली नगरपालिकामा भिटामिन ‘ए’ को ४ हजार ५० भन्दा बढि र जुकाको औषधि ३ हजारभन्दा बढि बालबालिकाहरुलाई खुवाईएको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । नेपाल सरकारले बैशाख ६ र ७ गते सुरु गरेको निःशुल्क राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावकारी देखिएको छ । नवलपुर जिल्ला स्वास्थ्य शाखा प्रमुख केशव चापागाईंले भिटामिन ‘ए’बालबालिकालाई नियमित खुवाउँदा बालबालिकामा हुने मुत्युदरमा २५ प्रतिशत कम हुने अपेक्षा र बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधी पनि खुवाउदाँ पेटमा भएको किरालाई मार्ने बताउनुभयो । बालबालिकामा रोग प्रतिरोधात्मक शक्ति कमि हुने र बिभिन्न वान्ता हुने लक्षण देखिने भएकाले पनि बालबालिकालाई भिटामिन ए सँगै जुकाको औाषधि खुवाउनुपर्ने छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै