नेपालमा जाडो सकियो, प्रि–मनसुन सुरू

यस वर्षको प्रि–मनसुन सुरू भएको छ।
नेपालमा ‘विन्टर’ अर्थात् हिउँद याम सकिएर ‘प्रि–मनसुन’ सुरु भइसकेको मौसमविद्ले बताएका छन्।
अंङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ ।
प्रि–मनसुन भनेको हिउँद सकिएको र मनसुन अर्थात् वर्षा याम सुरु हुनुभन्दा अघिको समय हो।
योसँगै अब देशभर तापक्रम बढ्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।
‘अब बिस्तारै अधिकतम/न्यूनतम तापक्रम बढ्दै जाने हुन्छ’, मौसमविद् बासीले भनिन्, ‘अब मौसम गर्मीतर्फ ढल्कियो।’
‘तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो’, उनले भनिन्।
तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने उनले बताइन्।
प्रि–मनसुन अवधिमा दिनभर घाम लाग्ने र अपरान्ह तथा साँझापख पहाडी भूभागका केही स्थानमा फाट्टफुट्ट वर्षा हुने सम्भावना हुन्छ।
यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ।
पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन। यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्छ।
यसैबीच देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसमविद्का अनुसार आज राति देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम