आर्थिक कारणले एकै परिवारका ५ जनाले विष सेवन गरेको आशंका

२४ फागुन, काठमाडौं । नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक कारण जोडिएको पाइएको छ ।
घटनास्थलबाट प्रहरीले बरामद गरेको ‘सुसाइड नोट’मा ब्रिटिश गोर्खाली वचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पटक पटक ताकेता गरेको उल्लेख गरिएको छ ।
‘धम्कीपछि म त्यहाँ उपस्थित हुँदा मलाई त्यहाँको मेडम र ऋण शाखाका व्यक्तिहरुले ४ घन्टा मानसिक यातना दिएका थिए र प्रहरी वृत्त, जनसेवामा पनि लगेका थिए’ भीममान प्रधान र उनकी श्रीमती मन्दिराले हस्ताक्षर गरेको नोटमा भनिएको छ, ‘मलाई त्यतिबेला धेरैबेरसम्म आरोप–प्रत्यारोपण गर्ने र भिडियो बनाएर सम्पूर्ण स्थानमा बेइज्जत गरिदिन्छु भनेर प्रताडना दिने काम भयो ।’
तर महानगरीय प्रहरी वृत्त, जनसेवाका डीएसपी डिलबहादुर मल्ल चाहिँ विना तामाङ नामक सेवाग्राहीले फाइनान्समा जम्मा हुनुपर्ने रकम नभएपछि मन्दिराविरुद्ध उजुरी परेको बताउँछन् ।
‘उहाँको ४ लाख २५ हजार रुपैयाँ जम्मा हुनुपर्ने भएन भनेर उजुरी परेपछि चार दिनअघि उहाँको जेठाजु, श्रीमानसहित सहकारीका मान्छे बोलाएर छलफल गराएका थियौं’ मल्लले भने, ‘आइतबारसम्म पैसा दिने भन्ने भएपछि मिलापत्र गराएर छाडेका थियौं ।’
नोटमा एक जना व्यक्तिसँग हुण्डाई इओन गाडी खरिद गरेको भनिएको छ, तर लकडाउनका बेला तिर्न नसकेपछि बाँकी रकम फिर्ता दिन्छु भनेर गाडी लगेको उल्लेख गरिएको छ ।
‘तर पछि उसले पनि तेरो पैसा दिन्न, सर्वोच्च गएर उजुरी दिए पनि मतलब छैन, मेरो खल्तीमा पुलिस प्रशासन सबै छ’ भनेर भनेको नोटमा उल्लेख गरिएको छ । आफूलाई उनलाई गाडी खरिद बिक्री गरेको कागज भएपनि प्रहरी–प्रशासनको धम्की दिएर चुप लाग्न बाध्य पारिएको भनिएको छ ।
सोमबार राति साढे ९ बजे डाँडापौवामा प्रधानको परिवारका ५ जना अर्धबेहोसी अवस्थामा भेटिएका थिए । तीमध्ये ३३ वर्षीय सुर्वणमान प्रधानको मनमोहन मेमोरियल अस्पताल, स्वयम्भुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनाली बताउँछन् ।
उनका अनुसार घटनामा गम्भीर घाइते ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीया भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर छ । घटनास्थलबाट चार किसिमका किटनाशक औषधिको पाकेट बरामद भएको मैनालीले बताए ।
सुसाइड नोटको विषयमा चाहिँ अनुसन्धान भइरहेको उनको भनाइ छ ।
Source: Onlinekhabar

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम