प्रसासन सरकार र कानुन त निर्दाषहरुको लागी मात्र हो : गल्ति गर्नेहरु त सोर्सर्फोसले छुट्छन ।

मान्छेको जिन्दगीपनि वडा अजिवले चल्दो रैछ । वुझ्दै र भोग्दै जादा केही अध्याय वन्न पुग्दा रैछन । मान्छेहरु पिडा भयो भन्छन तर किन भयो कसरी भयो के का लागी भयो त्यस्को गहिराइमा सायद कमै पुग्दा हुन ।
तर यो पिडा भन्ने कुरा उत्पन्न चाही हुन्छ कसरी । अहिलेको यो जमानामा केही न केही त पक्कै अध्यन गरेका होलान मान्छेहरु यदि अन्न नै खाने हो भने त कुन खालको कामले कस्तो परिस्थिती शिर्जना गराउछ भन्ने त पक्कै पनि वुझछ होला । अनि गल्ति पहिल्याउनेले चाही त्यो समस्या कसरी शिर्जना भयो त्यस्को चुरो पत्ता लगाउन खोज्नु त स्वभाविक नै हो । विना गल्ती आरोप त लगाइदैन होला । अनि ल ठिक छ गल्ति भो । एकपटक त सुध्रिने मौका भगवानले पनि दिन्छ रे त । तपाइ हामी त मान्छे होइनौ र ? वारम्वार त्यही गल्तिलाइ लिएर कारण नै त्यही वनाएर निउ खोजिरहनु त्यही कुरालाइ सवुतको रुपमा प्रयोग गर्नु र वाहिर वदनाम को लागी हात धोएर लागीपर्दै गर्दा जान अन्जान या भुलवस भएको काम सुधार गर्ला कि झन अर्काे गल्ति दोहोर्याउला ?
अनि अर्को कुरा माफि दिन सक्नुभएन उचित कानुनी उपचार खोज्नुस जस्ले गल्ति गरेको छ उसैलाइ सजाय दिनुस । उसग जोडीएका हरेक मानीसहरुलाइ चाही किन व्यर्थै जोड्नुपर्ने ? शंकाले लंका जलाउछ सवैले सुनेको कुरा हो तर पनि विना कारण विना प्रमाण शंका गरेर अरुसग पिरियर तपाइलाइ फुलमाला चाही कस्ले पहिराइदियो र ?
ठिक छ तपाइ पावरफुल हुनुहुन्छ तपाइका इष्टमित्र सरकारी निकायमा छन तपाइहरुले भनेका जुनसुकै कुरा पनि सत्य हुन्छन । प्रसासनका अधिकारी तपाइकै कुरा सुन्छन प्रहरी प्रसासन तपाइकै इसारामा चल्छ । समाजले तपाइकै कुरा सुन्छ । तपाइ जिन्दगीमा कहिलै पनि गल्ति गर्नुहुन्न । भने गल्ति गर्ने मान्छेलाइ मात्र सजाय दिनुस न । २ वर्ष पुग नपुग भएका वच्चा ७०—७५ कटेका वृद्धवृद्धा हरुलाइ लछार्ने कुटपिट गर्नै कारण चाही के हो ? त्यो पनि तपाइको गल्ति होइन किन कि तपाइ त सरकारी मान्छे प्रसासन का मान्छेको विश्वास पात्र तपाइलाइ त कानुन लाग्दैन जे गर्न पनि छुट छ तपाइलाइ , तपाइले जे गरेपनि सहि अरुले चाही गल्ती त भैहाल्यो जान अन्जान जे जसरी होस । सुध्रिने मौका दिनु त परै जावस अन्य इष्टमित्र आफ्न्तजन सवैलाइ जोडेर दुख दिनु पर्नै कारण चाही के ?
तपाइ वलियो हुनुहुन्छ उमेर छ वल छ सोर्सर्फोस तपाइकै चल्छ । कानुनले तपाइलाइ नै पुर्ण अधिकार दिएको छ । पुरुषले हात उठायो कि कानुनले वाधीहाल्ने तपाइले हातपात गर्न छुट खान दिनुपरे १०० थरी तानावाना सुनाउन छुट वाहिरवाट दिक्क भएर आउदा पनि तपाइका वाह्र सत्ताइस कुरा सुनाउन छुट सुन्न वाक्क लागेर वाहिर कतै हिड्यो भने ५० औ पटक मोवाइलमा मिसकल एकोहोरो गर्न छुट अफिसियल काममा व्यस्त भएर एक कल फोन यदि उठेन भने कार्यालयका हरेक फोन सेट कार्यालय प्रमुख देखी सामान्य कर्मचारी सम्मलाइ फोन डायल गरेर गतिविधी वुझन छुट अत्यावस्यक काममा वाहिर निस्क्यो भने पनि लौ कोसग मस्ति गर्यो कहा मस्ति गर्न पुग्यो भनेर एकोहोरो नकारात्मक म्यासेज गर्न नि छुट कोही सग वोलेकै आधारमा त्यो वोल्ने मान्छेलाइ खोजी खोजी त्यसको ठाउमा पुगेर वोल्न मिल्ने नमिल्ने भाषा प्रयोग गरि धाक धम्कि दिन पनि छुट । किनकि तपाइ महिला हो हाम्रो देशको कानुनले तपाइकै कुरा सुन्छ । अनि स्थानिय तह पुलीस प्रसासन मा तपाइका खास मान्छेहरु छन तिनिहरुले तपाइकै कुरा सुन्छन । तिनिहरुका अगाडी गएर तपाइ कुकुर आसु रोइदिनुहुन्छ अनि ए हो रैछ विचरा यस्ले त सारै नै पिडा सहेको रैछ । विपक्षी त खत्तमै रैछ त्यसलाइ त कारवाही गर्नुपर्छ भन्ने सरोकारवाल प्रसासन तपाइकै हातमा छ त तपाइलाइ कस्ले छुन सक्ने ?
अनि अर्काे कुरा नि देशमा हत्या हिंसा वलत्कारका घटना त दिनानुदिन वडिरहेका छन त अपराधीहरु फेला पार्न सकेको छैन पुलिस प्रसासन र सरकारले तपाइ त लिंग छामेर पनि अरु महिला संग संसर्ग गरेको पत्ता लगाउन सक्ने मान्छे छानविनमा सहयोग गर्नुस न प्रसासनलाइ कतै अर्वाड पो मिलीहाल्छ कि ।
आन्तरिक कुराहरुमा मोवाइल तेर्सायर रेकर्ड गर्ने सवुत जम्मा गर्ने, जव कि विस्वास छैन भने कानुनी प्रकृया खोज्नुस सिधै लौ यस्तो भयो म स्वतन्त्रता चाहन्छु भन्नुस किन १० दुनीयाको अगाडी कुकुर आसु रोयको वहाना गर्दै वदनाम गर्दै हिडन पर्यो ?
तपाइ आफै हातपात गर्नुस हात फर्काउन त कानुनको जन्जिरले वाधेको छ , आफुलाइ वचाउन कोसीस गर्दै गर्दा झुक्कियर कतै तपाइको शरिरमा कुनै किसिमको दाग मात्रै वस्यो भने पनि तपाइको लागी पोख्त सवुत भयो त्यती भएपछि तपाइलाइ केस दर्ता गर्न अप्ठेरो परेन । अनि साना वल्ल अलि अलि वोल्न सिक्दै गरेका वच्चाहरुको अगाडी वोल्न हुने नहुने सवै ओकल्न तपाइलाइ छुट छ ? कथमकदाचित भगवानको लिला तपाइलाइ कुनै अप्रिय घटना घटन पुग्यो भने बच्चाहरुले मैलै नै घटना घटाएको भनेर भनिदिनु पर्ने वच्चाहरु झुट वोल्दैन यसो भन्न लगाउन पर्छ है भनेर सिकाउने तपाइका वुवा आमा पनि महान , अनि कहिले काही त रक्सि खायर आयर हातपात गरे पनि केस गर्न सजिलो हुन्थ्यो नि यस्ता यस्ता शव्द प्रयोग गरेर तपाइले सुधार्न खोजेको हो की तपाइको डर त्रास मै जिन्दगी फालोस भन्ने मनसाय हो वुझन नसकिने रैछ । खाने वेलामा अनगिन्ति कुराहरु सुन्न परेपछि घाटीवाट तल खान नजादा तपाइको कुरा वाहिरकाले मिठो मिठो खुवाएर पठाउछन अनि घर किन खाइन्छ त यस्तो भाषा प्रयोग गर्नुपर्ने कहिलेकाही त स्वभाविक हो पच्ला वारम्वार र दिनहु त्यस्तै वचन त कसरी सहन सकिन्छ र भन्या मन नै हो कहिले दुख्ला कहिले अन्य कुनै अवस्थामा गुज्रेको होला त्यस्तो अवस्थामा पनि तपाइका वचनवाण सहन सक्ने क्षमता हरपल त कहा रहला र ?
तपाइले त कहि कतै वाट कमायर ल्यायको प्रमाण दिनुभएन त घरमै वसि वसि पैसा त फलेन होला । तैपनि विहान वेलुका भरपेट खाइएकै थियो । एकसरो वरु मसग अल्लि कम थियो तपाइकै धेरै थिय लत्ताकपडा , २—४ पैसा खल्तिमा हुन्थ्यो घर आउने वेला विहान हिडने वेला खल्ती छाम्दा सुको फेला नपरेपछि कयौ पटक यस्तै विषयमा केही भनाभन पनि भैरहेकै हो यस्तो ठाउमा खर्च गर्न निकालेको हो भनेपछि केही नवोलेर निस्केका प्रमाणहरु पनि घरवरिपरिकाले देखेकै हुन । यस्तो चाहियो उस्तो चाहियो भनेर तपाइको अर्डर प्राय दिनदिनै हुन्थ्यो तैपनी कहिले काही मेसो नमिल्दा तपाइको माग पुरा भएन भने घर वस्न पनि हम्मे हम्मे हुन्थ्यो त्यो पनि समाज विज्ञ नै छ । झगडा गरेर भात पनि वसाल्नु भयन्छ अरुले आइज न त खान सगै खाम भनेर भन्दा भिकारी खाते जस्ता शव्दको उपमा पनि नलगाउनु भएको होइन । तैपनी तपाइको अगाडी कस्को के लाग्छ र तपाइकै आफना मान्छे प्रसासन मा छन तपाइकै कुरा सवैलै सुन्छन तपाइको कुनै गल्ति नै हुदैन कुकुरको आसु जो झार्न सिपालु हुनुहुन्छ ।
केही सिप नलागेपछि तपाइको सत्रु जो वर्षौदेखीको तपाइको टर्चरवाट पिडित छ उस्ले कानुनी प्रकृया अपनाउन खोज्यो सधैभरि तपाइको शासनमा रहन सकेन वकिल भेटेर आफ्नो गुनासो वतायो । वकिलले कुन भाषा प्रयोग गर्यो त्यो कानुनकै किताव भित्र होला आफनो समस्या भन्दै जादा कानुनको कुन चाही पाना सग मेल खान गयो । कुन भाषा मिलाएर वकिलले मुद्धा लेख्यो त्यो स्वयं समस्या दर्ता गर्नेलाइ त थाहा छैन भने तपाइ विनामेसै अदालतको पुर्जि हात परेपछि तपाइले नगरेको गल्ति सग त डटेर लडनुस न मैले यो गरेकै छैन भन्नुस अदालतमा अन्य गाउ समाजका मान्छे तपाइकै पैसा खाएका मिडिया तपाइकै इसारामा चल्ने प्रसासनिक मान्छेहरु किन प्रयोग गर्नुपर्यो । अदालत छ त सत्य तथ्य छुट्याउन सक्ने तपाइको गल्ति प्रमाणीत नभए तपाइको पक्षमा फैसला होला मेरो गल्ति नभए मेरा पक्षमा होला । गल्ति छैन भने किन डराउनु हुन्छ । नटोक्ने कुकुर भुकेजस्तै भुक्दै हिडनु पर्ने कारण के छ ? अदालतले फैसला त गर्नै छ । सामान्य तारिख मात्र देको छ तपाइलाइ तैपनि तपाइ लगाएत तपाइका हरुको सातो चाहि किन गाको हो गलत हुनुहुन्न त डटेर लडनुस न दुध खादै गरेका २ वर्षको वच्चा मलाइ जिम्मा लगाएर गएर कुन चाहि किसिमको महान कार्य गर्नुभयो र तपाइले ? सायद तपाइको कुरा सुन्नेहरुले तपाइलाइ वा क्यावात सहि गरिस भने होलान जो भित्र मानवता छ उस्ले त तपाइलाइ पक्कैपनि पापि नै भन्यो होला तपाइको अगाडी भन्न नसकेपनि तपाइपछाडी त त्यही भन्यो होला पक्कैपनि । खैर केही छैन तपाइलाइ यि र यस्ता कुराहरुले कुनै प्रभाव पार्दैनन । तपाइले जे गर्नुभाछ ति सवै जायज छन तपाइका लागी किनकी तपाइका आफना मान्छे ठुलो ठुलो तहमा छन स्थानिय तह पुलिस प्रसासन तपाइकै पक्षमा छ तपाइकै जित होला म हारेपनि नावालक वच्चा र वृद्धहरुलाइ त्याग्न सक्दिन । एक त मेरो मन पनि मान्दैन अर्काे कुरा मेरो नैतिकताले पनि तपाइलाइ अगालेर अन्य लाइ त्याग भन्न दिदैन । सहकार्य गर्नुहुन्छ भने तपाइ लगाएत मलाइ सवै चाहिन्छ । तपाइलाइ नचाहियला त्यो तपाइको कुरा तर पनि तपाइको मात्र खुसी हेरेर मेरो सिंगो संरचना र इतिहास सग हार्न सक्दिन तपाइ तपाइको तरिकाले खुसी हुनुस म मेरो तरिकाले खुसी हुने प्रयास गर्छु तपाइको हकले पाउने कुरा तपाइले पाउनुहोला मैले पाउने कुरा मैले पाउला । यसै डरायर गाउ फुक्दै हिडनु पर्ने आवस्यक्ता नै छैन । कानुन भन्दा माथी हामी कोही पनि छैनौ जे हाम्रो भागमा छ त्यो स्विकार्नुनै छ । बाकी कुरा समयले वताउला ।
सयौ पटक अदालतमा तपाइ मेरो जम्काभेट होला म जस्तो थिय त्यस्तै छु र त्यस्तै रहनेछ भलै शारिरीक संरचना परिवर्तन होला मन त्यही हो जुन हिजो थियो भोली पनि त्यही रहनेछ । परिवर्तन भएको त तपाइ हो तपाइलाइ पनि परिवर्तन गराइएको हो । आज कसैको इसारामा चलेको गोटी वन्नु भएको छ भोली तपाइका परिवारमा पनि वाहिरी सदस्यहरुको आगमन होला । त्यतीवेला तपाइलाइ पनि अपहेलनाको महसुस हुदै गर्दा मलाइ गरेको व्यवहारको झल्को आउला त्यो वेला चाही सम्झिनुहोला अरुवेला नसम्झेपनी यि नावालक र ति वृद्धाको आसु त कसो नलाग्ला र भएपनि तपाइकै जित होस कामना छ खुसी रहनुस सधै म वाट टाढीदै गर्दा म भन्दा वढि सहन शक्ति भएकाहरु सग संगत होस । कामना यहि छ । वेला वेला भेट अवस्य हुने नै छ ।
धन्यावाद फेरी पनि तपाइलाइ जिन्दगी एक्लै पनि चल्छ भनेर सिकाउने तपाइलाइ गुरु मानेर सम्झिरहुला ।