दुई महिनापछि निगमको न्यारोबडीको नियमित उडान

काठमाडौं । दुई महिना अघिदेखि ग्राउण्डेड नेपाल वायु सेवा निगमको न्यारो बडी जहाजले पुनः नियमित उडान सुरु गरेको छ ।
इन्जिनमा समस्या देखिएपछि कतारको दोहामा २ महिनादेखि ग्राउण्डेड भएको न्यारो बडी ए–३२० जहाजले शनिबारदेखि उडान सुरु गरेको हो ।
ग्राउण्डेड जहाजको मर्मतपछि शनिबारदेखि नियमित उडान सुरु गरिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।
२८ डिसेम्बर २०२१ को काठमाडौं–दोहा नियमित उडानमा सुरक्षित अवतरण गरेपश्चात् पार्किङ गर्ने क्रममा उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो ।
दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाज निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा खराबी आएको थियो ।
प्राविधिकहरूले इन्जिन फेर्नुपर्ने प्राथमिक राय दिएपछि निगम व्यवस्थापनले जहाजलाई छिटो उडानयोग्य बनाउन इन्जिन भाडामा लिएर उडाउने निर्णय गरेको हो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै