एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज मंगलबार बस्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
निर्वाचनको तयारीकै लागि स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारी छ ।
आजको सचिवालय बैठकमा यसै विषयमा छलफल हुनेछ । सोमबार बसेको पार्टी केन्द्रिय कार्यालयको बैठकले केन्द्रीय कमिटी बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको थियो ।
एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै