
८ चैत, काठमाडौं । सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ३ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको अनलाइनखबरमा समाचार छ ।