सर्लाहीमा झडप हुँदा सांसद प्रमोद साह घाइते

१२ चैत, जनकपुरधाम । सडककाे विषयलाई लिएर सर्लाहीको ईश्वरपुर नगरपालिकाका भएकाे झडपमा प्रतिनिधिसभा सदस्य प्रमोद साह घाइते भएका छन् ।
नगरपालिकाकाे वडा नम्बर ६ बयलबास बजारमा शनिबार सडकको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा संसद साह घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । टाउकोमा चोट लागेका साहलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
बयलबास बजारमा सडक विस्तार गर्ने क्रममा केही दिनअघि फुलजोर युवा क्लबको भवन भत्काइएको थियो । स्थानीय युवाले क्लबकाे भवन साेही ठाउँमा बनाउनुपर्ने भनिरहँदा सांसद साहले अर्को ठाउँमा बनाउनुपर्ने बताएपछि दुई पक्षबीच विवाद भएकाे हाे ।
साेही विवादका क्रममा झडप भएको प्रहरीको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै