त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला : नेपाल र पीएनजी भिड्दै

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा २–० को पराजय भोगेको नेपालले आजदेखि सुरु हुने त्रिदेशीय ट्वाटी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा पुनः पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दै छ ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल पीएनजीसँग पहिलोपटक पराजित भएको थियो । त्यो पनि घरेलु मैदानमा लगातार दुई खेलमा पराजित भयो । पीएनजी र मलेसिया सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जित्दै नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा हारको पीडा भुलाउने अवसर छ ।
ट्वान्टी–२० टिमका अरू खेलाडीमाअसिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल खान छन् ।
नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १२ः३० बजे खेल्नेछ ।
यसअघि, नेपालले पीएनजीविरुद्ध एकपटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छ । सन् २०१५ मा नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगितामा पीएनजीविरुद्ध खेलेको थियो । २०१५ जुलाई १७ मा डब्लिनमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो ।
त्यति बेला नेपाल ९३ रनमा अलआउट भएको थियो । ९४ रनको लक्ष्य पीएनजीले १४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेका थियो । उक्त टिमका सोमपाल कामी र करण केसी मात्र अहिलेको टिममा छन् । पीएनजीमा भने उक्त टिमका पाँच खेलाडी अहिलेको टिममा पनि छन् ।
ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पीएनजीले पछिल्ला खेलमा जित हासिल गर्न सकेको छैन । नेपालले भने पछिल्लो पाँचमध्ये चार खेल जितेको छ । एक खेलमा मात्र पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा खेलेका पछिल्ला आठ ट्वान्टी–२० मध्ये सात खेलमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै