टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि सुन्दरीजलमा तनाव
१६ चैत, काठमाडौं । जिल्लाको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ ।
स्थानीय वल्र्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको हो ।
आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ । केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको छ ।
बिहान ८ बजे दुई जनालाई उनीहरुका बुबाले मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा उनीहरुका बुबा रोहन घिसिङ पनि गम्भीर घाइते छन्। चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ ।
घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।
Source: Onlinekhabar
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी