कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज बस्ने भएको छ ।
उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ ।
स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जानकारी दिए ।
कांग्रेस केन्द्रीय समितिले उपसभापति खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको थियो । समितिलाई पूर्णता दिने विषयमा पनि आज छलफल हुने पुनले जानकारी दिए ।
बैठक दिउँसो १ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै