मनसुन प्रणाली देशभर फैलियो

काठमाडौँ । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो ।
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो । 
मौसमविद् प्रतिमा मानन्धरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहने बताइन् । ‘हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग …

पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । देशभर बदली हुँदा वर्षाको सम्भावना रहेको हो । 
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्णयता बदली रहनेछ । 

सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । 

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही …

हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात, पहाडी भेगमा वर्षाको सम्भावना

२८ पुस, काठमाडौं । सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ ।
कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँहरुमा पनि हल्का पानी पर्ने पूर्वानुमान छ ।
बाँकी भूभागमा आंशिकदेखि साधारणसभा बादल लागी एक–दुई स्थानमा मात्र छिटपुट वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसमविद निर्मला रेग्मीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिउँ र पानी पर्ने भएको हो । यो प्रणालीको …

विपद् प्राधिकरण भन्छ : शुक्रबारसम्मै भारी वर्षाको सम्भावना छ, यात्रामा सावधानी अपनाउनुस्

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बुधबारदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले शुक्रबारसम्म नै भारी वर्षाको सम्भावना कायम रहेको भन्दै सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ ।
प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर …

शनिबार सम्मै वर्षाको सम्भावना छ : माैसम विभाग

६ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै छ । तर लगातार झरी भने पर्ने छैन ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेको छ । त्यसैले पश्चिमको तुलनामा पूर्वमा बढी वर्षा हुने छ ।
दुई दिन अघिदेखि काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । आज बिहान पनि देशभर आंशिकदेखि साधारणतया बदली छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा …

मनसुनी प्रणाली देशभर फैलियो

काठमाण्डाै – मनसुनी प्रणाली देशभरि फैलिएको छ । जुन १० तारिख अर्थात् गएको जेठ २८ गते देशको पूर्वी भू–भागबाट नेपाल प्रवेश गरेको मनसुनी प्रणाली देशभर फैलिएको मौसम पूर्वानमान महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी गराएको हो ।
नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो प्रवेश गरेको भए पनि देशभर फैलन १५ दिन लागेको छ । मनसुन भित्रिएको एक हप्ताभन्दा लामो समयसम्म देशको पूर्वी क्षेत्रमा मात्रै सक्रिय रहेको थियो । असार ६ गते कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका धेरैजसो भू–भागमा र लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा सक्रिय भएको मनसुन अब कर्णाली र …

२०८१ शालमा अधिक वर्षाकाे अनुमान, विपद् व्यवस्थापनको पूर्व तयारीमा सरकार

काठमाडौं । नेपालमा मनसुन भित्रिने तरखर हुँदै गर्दा यो वर्ष अधिक वर्षा हुने र वर्षाका कारण आउने बाढी पहिरोबाट करिब १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकार र खासगरी गृह मन्त्रालयले संभावित विपद् व्यवस्थाका लागि पूर्व तयारी समेत थालेको छ ।
नेपालमा मनसुनको समयमा सवैभन्दा ठूलो प्राकृति विपद् आईलाग्ने गर्दछ । हरेक वर्ष बाढी पहिरो जस्ता विपद्बाट सयौंको मृत्यु हुने गरेको छ भने हजारौ घरबारविहीन हुने गरेका छन् । यस वर्ष पनि यही असारको शुरुदेखि नै मनसुन नेपालमा सक्रिय हुने मौसमविद्हरुले अनुमान गरेका छन् ।

पूर्व मनसुनकै अवस्थामा देशका …

तराई–मधेशमा वैशाख २० सम्मै तातो हावा चल्ने, सतर्क रहन माैसम पुर्वानुमान महासाखाकाे अपिल

१६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशसहित तराईका विभिन्न भूभागमा अझै ५ दिनसम्म तातो हावा चल्ने भएको छ । आजदेखि २० गतेसम्म तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
लुम्बिनी, मधेशसहितका अधिकांश जिल्लामा केही दिनअघि बाटै ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको र यो तापक्रम अझै केही दिन नघट्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

पछिल्लो २४ घन्टामा भैरहवामा सर्वाधिक ४२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यस्तै दोस्रो स्थानमा नेपालगञ्जमा ४०.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार …

पाँच प्रदेशमा आज पनि वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा शनिबार पनि वर्षाको सम्भावना छ। 
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। 
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ।
राति कोशी र गण्डकी प्रदेशको …

आजको मौसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ …

माैसमका नया प्रणाली भित्रिंदै, छिटो हट्ने छ हुस्सु कुहिरो

११ माघ, काठमाडौं । मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । तर त्यो बादलले पानी पार्ने सम्भावना भने छैन ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

आजै पश्चिमी वायुको अर्को एउटा प्रणाली भित्रिंदै छ । जनवरी २७ तारिख (शनिबार)मा पनि अर्को प्रणाली भित्रिँदै छ । ती प्रणालीमा पानीको मात्रा नभएकाले वषर्ाको सम्भावना …

तराई मधेशमा हुस्सु कुहिरो, पहाडी भागमा बदली

२३ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी भागमा बादल लागेको छ । लुम्बिनी प्रदेश, मधेश प्रदेशसहितका पूर्वी तराईमा हुस्सु कुहिरो पनि लागेको छ ।
अहिले लागेको बादल र हुस्सु/कुहिरो विस्तारै हट्दै जाने मौसमविदको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले अहिलेको अवस्था क्रमिक रुपमा सुधार हुँदै जाने र घाम लाग्ने बताए ।

अहिले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पारदर्शिता ५ किलोमिटर रहेकाले हवाई जहाजको उडान/अवतरण प्रभावित भएको छैन ।

मौसमविद पुडासैनीका अनुसार आज पानी पर्ने सम्भावना छैन । ‘अहिले काठमाडौं लगायतका देशका पहाडी भागमा आंशिक …

यस्तो छ आजको मौसम

काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राती भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी …

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार बिहीबार राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र …

बदली र वर्षा जारी, कहिले बाहिरिएला मनसुन ?

१५ असोज, काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावका कारण कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणालीका कारण मनसुन बाहिरिने मिति केही दिन पर धकेलिएको छ ।
मौसमविद गोविन्द झाले भने, ‘सरदर मिति अनुसार आज मनसुन बाहिरिनुपर्ने हो तर आजसम्मको अवस्था हेर्दा आगामी बुधबारसम्म बाहिरिने सम्भावना देखिएको छैन ।’

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर वर्षा  र बदलीको सम्भावना अझै कायमै रहेकाले मनसुन बाहिरिन केही दिन ढिला हुने मौसमविदको भनाइ छ । नेपालमा तीन …

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबारसम्मै

२८ भदौ, काठमाडौं । गएराति काठमाडौं र आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भयो । मनसुनको समयमा सामान्यतया मेघगर्जन र चट्याङ पर्दैन तर बुधबार राति सुतिरहेका मानिसहरुलाई तर्साउने गरी बिहानपखसम्मै मेघगर्जन र वर्षा भइरह्यो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने धाप ड्याममा रेकर्ड भएको छ । १२ घण्टाको अवधिमा धाप ड्याममा ८१ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि दोस्रो धेरै नुवाकोटको ककनी क्षेत्रमा ६४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

हिजोआज ठूलो पानी पार्ने प्रणाली पनि छैन । तर राति मेघगर्जन …

हङकङमा शुक्रबार भएको वर्षा १ सय ४० वर्षयताकै ठूलो

भदौ २३, एजेन्सी : हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षा भएको छ। सन् १९५२ मा शुरु भएको रेकर्डपछि चीनको प्रविधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन्। वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसन पानीमा डुबेका छन्। विद्यालय बन्द भएका छन्।
जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको विज्ञले बताएका छन्। अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ। अधिकारीका अनुसार हङकङमा बिहीबारदेखि भारी वर्षा भएको थियो र मध्यरातसम्म, शहरको मौसम विज्ञान कार्यालयले यसको मुख्यालयमा प्रति घण्टा १५८।१ मिलिमिटर वर्षा …

शनिबार (आज)को मौसम पूर्वानुमान

भदौ २३, काठमाण्डौ : कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरीको पनि सम्भावना छ।
राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश, …

आजको मौसम पूर्वानुमान

भदौ २०, काठमाडौँ :  हाल देशको मौसममा बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान …

आजको मौसम

भदौ १३, काठमाण्डौ : देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका थोरै तथा देशका बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

You Missed

मोटरसाइकलको ठक्करबाट हुप्सेकोटमा एक जनाको मृत्यु
झाक्री प्रकास भुजेलले नवलपुरमा १० दिने तान्त्रिक शिविर गर्ने ।
हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्राज्ञ प्रतिष्ठान विधेयक पारित
दाउन्नेमा सडक भासियो ।।
“संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्छः”गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे
हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)

Primary Color

Secondary Color

Layout Mode