प्राञ्जलका तीन गजल

गजल
१.
आगो बोकेर हिंडेको छु पैतालामा
गहिरा समुन्द्र भए पनि आँखामा ।
राजधानीमा चिच्याउन सजिलो छ
राष्ट्रियता बिझाउँछ सिमानामा ।
यसरी हामी एक अर्काका भएनौं
कहाँ तिमी बगैंचामा कहाँ म पहरामा ।
बोलेर संसार जित्छु भन्नेहरू सुन
बुद्धले संसार जितेकाथे मौनतामा ।
लुटेरालाई चाबी सुम्पिएसी के हुन्छ !
नेता दरबारमा जनता भड्खालामा ।
२.
भीरको फर्सी भएको छ जिन्दगी पनि
जब घाती निस्कियो आफ्नै साथी पनि ।
हरेक कुराको आआफ्नो सीमा हुन्छ यार
धेरै खाए विष बन्छ औषधि पनि ।
तिमी कस्तो पुर्णताको खोजी गर्दैछौ !
बेदाग छैन पुर्णिमाको चाँदनी पनि ।
प्यासले नै हो सबैलाई दौडाइ रहने
सागर भेट्न दौडिरहन्छ नदि पनि ।
३.
तिमी हिड्ने बाटोमा माटोको घर पर्दैन
त्यसैले …

उत्कृष्ट र राेचक कथा कसरी लेख्ने ? राम्रो कथा लेख्ने १२ वटा चरणहरु यस्ता हुन्छन्

लेखकको लागि कविता नै लेखन यात्राको सुरुवाती बिन्दु हो । यस सम्बन्धमा रोर्बट ग्रेभ्सले भनेका छन्, ‘कवितामा पैसा छैन तर पैसामा पनि कविता छैन ।’ हो, हरेक लेखक आफ्नै लागि लेख्छ । साहित्यमा मजा छ, त्यसैले लेख्न ऊ बाध्य छ ।
हरेक लेखकले आफ्नो लेखनयात्रा कविताबाटै सुरु गरेको हुन्छ । यो भावना पोख्ने सहज र सर्वमान्य रुप पनि हो । कविताबाट कथा र कथाबाट आख्यान (उपन्यास) तिर लाग्ने प्रकिया चलनचल्तीकै परम्परा हो । कथा पढ्न जति सहज हुन्छ, त्यसको बनावट र शिल्प निर्माण त्यति नै कठिन हुन्छ । कथा लेख्न चाहनेहरूका …

जयकारका ‘5’ चारलाईन (मुक्तक)

 
 
मुक्तक :-
1-
मुल्यहिन यो वर्तमानसँग भागि भागि प्रश्न सोध्नु छ
तिमिसँग एक्कैछिन, मिलनको मागि प्रश्न सोध्नु छ

जीन्दगिको पैँठेजोरिमा, मेरा मुक्का फिका परेहोलान्, स्विकार्छु
किन भएको छु, मरेतुल्य तिम्रालागि प्रश्न सोध्नु छ
2-

चिढ्याईरहेछ मलाई, मेरै विगतको तस्विरले
आफन्त मुटु घोँचिदिन्छन् शब्दहरुका तिरले
जानु कहाँ गर्नु के भड्किरहेछ आत्मा यसै
जिन्दगी यो जीन्दगी रहेन, जिन्दगीकै पिरले
3-
जिन्दगीमा पिँडा जति आउँछ, रुँदा सम्म त हो
जिवन भन्नु, लाशलाई आगोले, छुँदा सम्म त हो
परिवारवाट विछडिएर बाँच्न यसकारण दिल मान्दैन
मान्छे आफ्नो, मान्छे जिउँदो, हुँदा सम्म त हो
4-
छोरी तिमिलाई कहिल्यै यो दिन याद नहोस्
झुटो मुस्कुराहटको एक्कै छिन् याद नहोस्
म तिम्रा अबोध आँखाका आँशु देख्दा नै …

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

भदौ २ काठमाडौं  : पद्मश्री साहित्यिक पुरस्कार २०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐंठन, डा। देवीप्रसाद सुवेदीको मनु,प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन् ।
पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए । अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ । यो पुरस्कार वि.सं.२०६३ देखि प्रदान गर्न थालिएको हो …

मदन पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तक सार्वजनिक

साउन २४, नवलपुर : मदन पुरस्कार(२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् । ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो । छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् । यिनै पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार दिइनेछ ।
 

किस्मत खतिवडाका ४ गजल, ७ मुक्तकहरू— साहित्य विशेष

गजल १
म मुटु तिमि मेरो धड्कन भएपछी
पवित्र माया गर्ने तिम्रो मन भएपछी
स्वर्गको अप्सरा जस्तै देखिन्छौ होला
रातो साडी चोलो पहिरन भएपछी
तिमीलाई यसकारण मन पराएको हुँ
मोहनी लगाउने बोली बचन भएपछी
कसरि बयान गरौ म तिम्रो सुन्दरताको
दुनियाँ लठ्ठै पार्ने मृग झैँ नयन भएपछी
एउटै कुराको डरले सताइरहन्छ हरपल
छुट्छौ कि कतै दुरि धर्ती गगन भएपछी
गजल २
यति कठोर होला त्यो मन, सोचेकै थिएन
बारबार लगाउँछौ वचन, सोचेकै थिएन
जुनीजुनी सम्म सँगसँगै रहन्छु भन्ने थियो
क्षणभरमै टुट्छ बन्धन, सोचेकै थिएन
चोखो माया युगौंयुग अजम्बरी हुन्छ लाग्थ्यो
यसरी पलभरमै होला पतन, सोचेकै थिएन
तिम्रा मुलायम हातको प्रेमिल स्पर्श चाहान्थे
कोमल मुटुमा बजार्छौ घन, सोचेकै थिएन
तिमीलाई दिलको …

गोबिन्द राज ओझा (राजन)का गिति कविताहरू

                  हिमालको हिउ भएको रहेछु हिमनदी……..
हिमालको हिउ भएको रहेछु हिमनदी भएर बगिरहेछु
सबैको मन लोभ्याएर पाहाडको कुनाबाट बगिरहेछु
हिमाल देखि पाहाड तराई सबै ठाउँमा पुगिरहेको हुनेछु
सधै भरि आफ्नो बेगमा बगिरहेको हुनेछु
सबैको मन लोभ्याएर पाहाडको कुनाबाट बगिरहेछु
प्रकृतिको सुन्दरता बढाएर जानेछु
सधै भरि आफ्नो बेगमा बगिरहेको हुनेछु
हिमालको हिउ भएको रहेछु हिमनदी भएर बगिरहेछु
                                             मायालु हौ मेरि यो ढुकढुक…….

मायालु हौ मेरि यो ढुकढुक हो मेरो
कति खुसि भइएला …

साहित्यकार सोतीकाे गुनासाे : ‘म्याउँ–म्याउँ बिरालो’ लाई कसरी प्रमाणित गराैं ?

कावासोती : चाउरिएको अनुहारमा सेतै फुलेको दारी, पिठ्युमा झोला, साधारण पोशाकमा जिल्लाका लगभग सबै साहित्यिक कार्यक्रममा सर्जक दीपक सोती देखिन्छन्।  उन उमेरले ७५ मा हिँड्दै छन्। उनको साहित्यप्रतिको लगाव र हुटहुटी देख्दा लाग्छ उहाँ २०–३० वर्षकै उमेरमा छन्।
मञ्चमा उक्लिएपछि सबै उमेर समूहका दर्शक, स्रोताको मन जित्न सफल उनको मनमा भने विगत ३४ वर्षदेखि एउटै पिरले डेरा जमाएको छ ‘म्याउँ म्याउँ बिरोलो’ आफ्नो भनेर प्रमाणित कसरी गर्ने।  विसं २०२८ तिर रत्न रेकर्डिङमा सङ्गीता थापाको स्वरमा सो बालगीत रेकर्ड भएको जनाइएको छ। 
चार सन्तानका पिता उहाँले वर्षौँ पहिले आफ्नो जेठो सन्तान गुमाए, अनि अहिले आएर …

फूलमाया

हिमालको न्यानो काखमा लुटपुटिएर रहेकी, मधेशलाई पनि हेर्न भ्याएकी, स्वर्ग पनि हो कि भनेर तुलना गरिने त्यो डाँडापारिको गाउँ प्रकृतिको अनुपम उपहार झैं विछट्टै सुन्दर देखिन्थ्यो । त्यही गाउँको सिरानमा बादलुसँगै लुकामारी र उकाली-ओराली गर्दै आफ्नो बाल्यकाल थाहै नपाई विताएकी फूलमाया गाउँलेको आँखामा बसिसकेकी थिई । अलि खरो स्वभाव भए पनि प्रकृतिले आफूसँग भएको कुनै पनि बरदान दिन छुटाएको थिएन ।
“विपनामा त के सपनामा पनि बिहे गर्दिनँ” भन्ने फूलमाया हिजोआज एक जनाको प्रेमजालमा परिसकेकी थिई । समाजमा हुने हत्या, हिंसा, बलात्कार, शोषण, चेलीबेटी बेचबिखन, छुवाछूत, कुरीति, विकृति, विसंगतिको विरुद्धमा आवाज …

पद्मश्री पुरस्कारको प्रतिस्पर्धाका लागि छानिए उत्कृष्ट पाँच पुस्तक

१५ साउन, काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची सार्वजनिक भएको छ ।
संक्षिप्त सूचीमा डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको संग्रहालय परेका छन् ।

यी पाँचमध्येबाट उत्कृष्ट कृति पद्मश्री पुरस्कारका लागि छनोट गरिने खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि क्रमशः तीन चरणमा कृतिहरू सिफारिस गर्न खुल्ला स्वतन्त्र निर्णायक समिति गठन गरेको थियो । २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट समितिले सिफारिस गरेका १५ वटा कृतिहरूको विस्तारित सूची …

आदिकवि भानुभक्तको २०९ औं जन्मजयन्ती

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश …

सम्झनामा ‘राम्रो रचना मीठो नेपाली’

‘राम्रो रचना मीठो नेपाली’ कृति ३० को दशकमा अधिक चर्चामा रह्यो, जसले नेपाली भाषाको व्याकरण लेखनलाई निकै सहज बनाएको थियो । त्यो परम्परागत व्याकरण भए पनि नेपाली व्याकरण अध्ययन गर्न र सिक्नका लागि धेरै सहज थियो । किनभने त्यस कृतिमा रचनाहरूको अध्ययन गर्दै व्याकरण पनि सिक्ने सकिने गरी तयार गरिएको थियो । अझै पनि चर्चामा रहेको यस कृतिका रचनाकार हुन् कृष्णप्रसाद पराजुली । यही कृतिका कारण कतिपयले उनलाई ‘राम्रो रचना मीठो नेपाली’समेत भन्ने गर्छन् । 
१९९२ असार २४ गते जन्मिएका पराजुली वितेको करिब ९ वर्ष भैसक्यो । तर नेपाली भाषा–साहित्य जगतमा …

एस एण्ड पीको आयोजनामा गणतन्त्र दिवस बिशेष कविगोष्ठी हुँदै

भरतपुर, १५, जेठ । लोकतान्त्रिक गणतन्त्र दिवसको अवसर पारेर भरतपुर–१० बाइपासरोडमा रहेको एस एण्ड पी अडिटिङ कम्पनीले कविगोष्ठी तथा खुल्ला कविता प्रतियोगिताको आयोजना गर्दैछ ।
भरतपुर–९ स्थित डल्फिन फनपार्क रिसोर्ट एण्ड पार्टी प्यालेसमा आइतबार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने र कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक एस एण्ड पी अडिटिङ कम्पनीका संचालक सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा साहित्यिक कविगोष्ठी, खुल्ला कविता प्रतियोगिता र वरिष्ठ कविहरुबाट कवितावाचनको कार्यक्रम रहेको श्रेष्ठले बताए । लोकतान्त्रिक गणतन्त्रको उपलक्ष्यमा जनआन्दोलनका वीर शहीद र आन्दोलनका योद्धा घाइतेहरुको संस्मरणमा कार्यक्रम आयोजना गरिएको श्रेष्ठको भनाइ छ ।

राजु परियार : लमजुङको रोधीदेखि लोकदोहोरीका ‘बादशाह’सम्म

२६ चैत, काठमाडौं । कुनै समय लोकदोहोरी गायनमा एकछत्र राज गरे गायक राजु परियारले । त्यसताका लोकदोहोरी क्षेत्र राजुमय थियो । उनलाई लिएर गीत बनाउन तँछाडमछाड हुन्थ्यो । उनले स्वर नै नभरेपनि नाम मात्रैले पनि गीति एल्बम बिक्थे । एक हिसाबले त्यसबेला लोकगीतका एक्ला बादशाह थिए उनी ।
गीत रेकर्डिङ, मेला, महोत्सव सबैतिर राजु परियार छाउँथे । करिब सात–आठ वर्ष लोक संगीतमा एकछत्र राज गरेका राजुको स्वर नचिन्ने र नसुन्ने सायदै लोक संगीतप्रेमी होलान् ।

वनमा काँडा छ, मिर्मिरेको घाम, फूलमा भमरा, मौरी फूलमाथि, धोका दिनेलाई के भनौं र खोई, लालुपाते नुग्यो …

‘पिर’को ऐनामा प्रचण्ड र उनका अनुयायीको अनुहार

प्रकाश सपूतको ‘पिर’ गीतको कभर फोटोमा लेखिएको शब्द देख्ने बित्तिकै दिमागमा आउने अर्को शब्द हो ‘वीर’ । खासमा त्यो फोटोले ‘वीर’ र ‘पिर’ दुवैको कथा भन्छ । यसले परिवर्तनका लागि योगदान गरेका भुइँतहका नेपाली युवा युवतीको विगतलाई सम्मान गरेको छ । साथसाथै उक्त गीतको कथाले उनीहरूले भोग्नुपरेको वर्तमानको पीडाप्रति सहनुभूति प्रकट गरेको छ । गीतमा निराशा छ, पीडा छ, चित्कार छ । तर, पीडा, कुण्ठा, निराशा र चित्कार व्यक्त गर्न पनि आँट चाहिन्छ- शक्तिशालीका विरुद्ध जाने आँट ।
पीडा, कुण्ठा र निराशा शक्तिशालीले शक्तिहीनमाथि गरेको अन्याय र अत्याचारका प्रमाण हुन् । …

नवलपुरका पत्रकारहरुको लागि क्षमता अभिवृद्धि तालिम शुरु

एन सञ्चार, २९ माघ, नवलपुर : नेपाल पत्रकार महासंघ नवलपुरको आयोजना तथा कावासोती नगरपालिकाको सहयोगमा दुई दिने क्षमता अभिवृद्धि तालिम मध्यवर्ती सामुदायिक होमस्टे अमलटारीमा आज शनिबारबाट एक कार्यक्रमका बिच शुरु भएको छ ।

पत्रकारीता तथा कानुन विषयमा सञ्चारगृहका समाचार प्रमुख तथा सम्वाददाताहरुप्रति लक्षित कार्यक्रम भोलिसम्म चल्नेछ । कार्यक्रमको शुभारम्भ कावासोती नगरपालिकाका उप मेयर प्रेमशंकर मर्दनिया थारुले गर्नुभएको थियो ।

सो अवसरमा कावासोतीका अग्रज पत्रकारसंगै करिब अढाई दर्जन पत्रकार उपस्थित थिए । कार्यक्रममा वरिष्ठ पत्रकार अखण्ड भण्डारीले प्रशिक्षण दिनुहुनेछ ।

आजदेखि स्वस्थानी व्रत एवं माघ स्नान घरघरमा सुरु गरिँदै (पहिलाे अध्याय, भिडियाे)

एन सञ्चार, ३ माघः  प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि सुरु गरिँदैछ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन …

स्वास्थ्य टिप्स: यस्ता छन् जाडोमा अपनाउनु पर्ने १० सावधानी

मुटु रोग विशेषज्ञ डा. ओम मूर्तिको हेल्थ टिप्स :

१) पानी प्रशस्त पिउनेः
शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ।
२) वार्म अप गर्नेः
शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि (५–१० मिनेट) शरीरलाई सक्रिय बनाउने अनि व्यायाम गर्ने।
३) हिँडाइको गति कम गर्नेः
चिसोमा मुटुमा जोखिम घटाउन हिडाइको स्पिड कम गरेर, हिँडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ।
४) चिसो हावा र पानी परेको बेलामाः
यस्तो बेलामा घर बाहिर ब्यायम गर्न निस्किनु हुँदैन।
५) मदिरा र चुरोटको सेवनः
जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।
६) धेरै चिल्लो …

वैदेशिक रोजगारीले रित्तिँदै छन् गाउँ, सन्दर्भ:अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस

एन सञ्चार, पौष ३, काठमाडौं ।। आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि श्रमिकको हक, हित र अधिकारका बारेमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
तथ्याङ्कअनुसार हरेक वर्ष ५ लाख नेपाली श्रम बजारमा प्रवेश गर्छन् । नेपाल श्रम शक्ति सर्वेक्षण २०७५ अनुसार काम गर्ने उमेर पुगेका २ करोड ७ लाख जनसङ्ख्यामध्ये ७० लाख ८७ हजारले मात्र नेपालमा आंशिक वा पूर्ण रोजगारी पाएका छन् । अहिले पनि लाखौँ नेपाली कामको लागि विदेशिन बाध्य छन् ।
आर्थिक वर्ष २०५०/५१ देखि २०७७/७८ सम्म साढे ५६ लाख नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । श्रम स्वीकृति …

ज्ञान, भक्ति, कर्म र क्रिया योग को संयोजनमा अध्यात्मलाई प्रायोगिक बनाऔं

काठमाडौं, २१ कात्तिक 
यतिखेर, तपाईं आफ्नो शरीर, आफ्नो मन र आफ्ना भावनाहरूलाई मात्रै अनुभव गर्न सकिरहनु भएको छ । तपाईंलाई केही हदसम्म यिनको बारेमा थाहा छ, अनि तपाईं यो अनुमान लगाउन सक्नुहुन्छ कि यी कुराहरू जुन तरिकाले काम गरिरहेका छन्, त्यसो हुनको लागि पक्कै पनि ऊर्जाले काम गरिरहेको हुनुपर्छ । ऊर्जा नहुने हो भने, यी सबैथोक हुन सक्दैनन् । तपाईंहरूमध्ये केहीले ऊर्जालाई अनुभव गर्नुभएको पनि हुन सक्छ । अरूहरूले यो सजिलै अड्कल लगाउन सक्छन् कि शरीर, मन र भावनाहरूले काम गर्नका लागि त्यसको पछाडि ऊर्जा हुनैपर्छ । उदाहरणको लागि, माइकबाट बोलदा …

You Missed

  • By
  • २०८२ बैशाख १२, शुक्रबार ११:२९
  • 0 views
मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

आज लोकतन्त्र दिवस ।।

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:४३
  • 0 views
आज लोकतन्त्र दिवस ।।

कश्मिरमा आतंकवाद, नेपालमा शोक

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:३७
  • 0 views
कश्मिरमा आतंकवाद, नेपालमा शोक
समाजसेवी तथा धार्मिक व्यक्तित्व ज्योतिलाल भट्टराई को शालिक अनावरणः
दलदले दुर्घटना : बस, ट्रक र मोटरसाइकल ठोक्किदा ३ घाइते ।।
नेपालकै पहिलो नवग्रह मन्दिरको विशेषता वोकेको भजन गितको म्युजिक भिडियो सार्वजनिकः

Primary Color

Secondary Color

Layout Mode