अर्जनचाैपारीकाे कुल बजेट ५६ करोड ६० लाख ७५ हजार
स्याङ्गजाः अर्जुनचौपारी गाउँपालिकाकाे १५ औं गाउँसभा सम्पन्न भएकाे छ। गाउँपालिकाको सभाहलमा आयोजित १५ औं गाउँसभामा पालिका प्रमुख प्रकाश तिवारीले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन।
आर्थिक वर्ष २०८१/८२ को लागि कुल ५६ करोड ६० लाख ७५ हजारको स्रोत व्यवस्थापन गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।
पालिकाले निम्न नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।
शिक्षा क्षेत्रमा सुधारका लागि अर्जुनचौपारी गाउँपालिकामा नमूना विद्यालय बनाइने। “म जिम्मेवार शिक्षक” नारासहित सम्पूर्ण माध्यमिक विद्यालयमा डिजिटल हाजिरी व्यवस्था गरिने। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि (basic life skills) सिकाइ लागू गरिने, कक्षा ६-८ सम्म अनिवार्य …
मध्यविन्दु नगरपालिकाको बजेट १ अर्ब ५ करोड बढी: कृषि, शिक्षा र विकासमा जोड
नवलपुर । मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्षका २०८२/८३ का लागि १ अर्ब ५ करोड बढीको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सत्रौं नगरसभामा नगर उपप्रमुख पूर्णकला चौधरीले प्रस्तुत गर्नु भएको एक अर्ब पाँच करोड ३४ लाख ३९ हजार बराबरको बजेट प्रस्तुत नगरसभाले स्वीकृत गरेको हो । जसमध्ये चालु खर्च तर्फ ६६ करोड २९ लाख ३६ हजार रुपैया र पुँजीगत खर्च तर्फ ३९ करोड पाँच लाख ३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बजेट वक्तव्यमार्फत नगरपालिकाले विगत वर्षमा देखिएका चुनौतीलाई सामना गर्दै आगामी वर्षलाई अझ बढी जनमुखी, समावेशी र दिगो विकासतर्फ डोहोर्याउने …
हुप्सेकोट गाउँपालिकाकाे वजेट ५५ करोड १० लाख ।
हुप्सेकोट, १० असार, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल ५५ करोड १० लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष पूर्णसिं राना मगरले सत्रैँ गाउँसभाको दोस्रो बैठकमा बजेट प्रस्तुत गर्दै समावेशी, सन्तुलित र उत्पादनमुखी बजेटमार्फत “सुन्दर, सुखी र उद्यमी हुप्सेकोट“ अभियानलाई सार्थकता दिन खोजिएको बताउनु भयो । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सहकारी, खानेपानी, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको उपाध्यक्ष रानाले जानकारि दिनु भयो ।
प्रस्तुत गरिएको बजेट मध्य सामाजिक विकासमा सबैभन्दा ठूलो हिस्सा अर्थात् २६ करोड ८ लाख १४ हजार विनियोजन …
नवलपुरका सबै पालिकाको बजेट सार्वजनिक, सबैभन्दा धेरै गैँडाकोटको, अन्यको कति ?
बोमलाल गिरीः नवलपुर, असार १० गते । नवलपुरका सबै पालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को आय व्यायको विवरण सार्वजनिक गरेका छन् । जिल्लाका चारवटा नगरपालिका र चारवटा गाउँपालिकाले आयव्यायको विवरण सार्वजनिक गरेका हुन् ।
जसमध्ये गैँडाकोट नगरपालिकाले सबैभन्दा धेरै १ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख शान्ति कोइरालाले नगरसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ ६३ करोड ३१ लाख ४६ हजार अर्थात ५८.२३ प्रतिशत र पूँजीगततर्फ ४५ करोड ४० लाख ९८ हजार अर्थात् ४१.७७ प्रतिशत छुट्टाइएको छ ।
नगरपालिकाले सञ्चित कोष तथा अन्य कोषहरुबाट …
गैंडाकोटको आफ्नै फोहोरमैला प्रशोधन केन्द्र, रिङ्गरोड र बसपार्क निर्माण बजेटको प्राथमिकतामा
गैँडाकोट- गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा पूर्वाधार क्षेत्रलाई बिशेष प्राथमिकताका रूपमा लिएको छ।
पूर्वाधार विकास समितिका योजनाहरुका लागि पालिकाले १२ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
नगरपालिकाले नगरभित्रको फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ। यसले नगरको समग्र सरसफाइलाई दिगो र प्रभावकारी बनाउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो।
नगरपालिकाको समग्र वडालाई जोड्न रिङरोड निर्माण (वडा नं. १ देखि १७ सम्म) का लागि १ करोड साथै मेसजाली सडक निर्माण (वडा नं. १० देखि १७) मा पनि १ …
देवचुली नगरपालिकाको बजेट ८८ करोड ५४ लाख, समावेशी विकास र सेवा प्रवाहमा जोड
कावासोती । देवचुली नगरपालिकाले आगामी आर्थिक बर्षका लागि चालू तर्फ ५५ कराेड ५८ लाख ९१ हजार ५ सय २ रूपैया र पूँजीगत तर्फ ३२ कराेड ९५ लाख ६८ हजार ४१ रूपैया गरि ८८ कराेड ५४ लाख ५९ हजार ५ सय ४३ रूपैयाकाे बजेट सार्बजनिक गरेकाे हाे ।
नगरसभामा नगर उपप्रमुख पार्वता तिवारीले आव ०८२/८३ का लागि सोमबार बजेट पेश गरेकि हुन । उप प्रमुख द्वारा पेस गरिएकोबबजेटमा संङ्घीय सरकारकाे ससर्त अनुदान ३४ कराेड ५६ लाख , वित्तिय समानीकरण अनुदान १३ कराेड ६७ लाख , विशेष अनुदान २ कराेड २५ लाख , …
विनयी त्रिवेणीको बजेट ८३ करोड ६२ लाख
कावासोती । विनयी त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८३ करोड ६२ लाख १० हजार को बजेट ल्याएको छ ।
सोमबार सम्पन्न विनयी त्रिवेणी गाउँपालिकाको गाउँ सभाको १७ औँ अधिवेशनमा गाउँपालिक उपाध्यक्ष भगवती वैदवारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन । उपाध्यक्ष वैदवारले पेश गरेको बजेटमा पुँजीगत तर्फ ३१ करोड ७८लाख ४७ हजार र चालु तर्फ ५१ करोड ८२ लाख ६३ हजार व्यवस्था गरिएको छ ।
बजेट अघि गाउँ सभामा अध्यक्ष घनश्याम गिरीले आगामी आर्थिक वर्ष ८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम …
१ हजार ६३ मेगावाट माथिल्लो अरुणमा भारत सकारात्मक, लगानी गर्न विश्व बैंक तयार
१७ माघ, काठमाडौं । विश्व बैंकको ऋण सहयोगमा नेपालले निर्माण गर्न लागेको १ हजार ६३ मेगावाटको माथिल्लो अरुण परियोजना अघि बढाउन दिन भारत सकारात्मक बनेको छ ।
२ खर्ब ८५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनामा लगानी गर्न विश्व बैंक लगायत दातासँग सहमति भइसकेको छ । तर, ऋण लगानी गर्नुअघि तल्लो तटीय लाभ पाउने मुलुक भारत तथा बंगलादेशको सहमति आवश्यक पर्ने भन्दै विश्व बैंकले त्यसका लागि उनीहरूलाई पत्राचार गरेको थियो ।
विश्व बैंकको पत्रमा बंगलादेशले केही प्राविधिक प्रश्न सोधेर पठाएकोमा त्यसमा नेपालले जवाफ दिइसकेको छ । यो आयोजना अघि बढाउन बंगलादेश …
मंसिरसम्म भित्रिय २५ ‘हाइब्रिड’ गाडी ।
८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म २५ (पेट्रोल–विद्युतीय) हाइब्रिड सवारीसाधन नेपाल भित्रिएको छ ।
भन्सार विभागका अनुसार २ हजार सीसीसम्मको ‘प्लग आउट’ हाइब्रिङ गाडी मंसिरसम्म १८ युनिट भित्रिएको छ । यस्तो गाडीलाई विद्युतमा चार्ज गरिराख्नु पर्दैन । यो गाडीभित्र रहेको डाइनामो घुम्दा विद्युत् उत्पादन भई स्वतः चार्ज हुने गर्छ ।
हाइब्रिड (पेट्रोल–विद्युतीय) गाडीमध्ये २ हजार सीसीसम्मको ‘प्लग इन’ गाडी आयात मंसिरसम्म ७ युनिट रहेको भन्सार विभागले जनाएको छ । प्लग इन गाडीमा भने विद्युत् जडान गरी चार्ज गरिन्छ । जसलाई पेट्रोलको अभावमा पनि गुडाउन …
आर्थिक मन्दीको असर देखिएपछि धमाधम लाभांश घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरू,
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषण गर्न थालेका छन् । हालसम्म घोषणा गरेका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था हेर्दा आर्थिक मन्दीको असर बैंक तथा वित्तीय संस्थाहरुमा पनि देखिएको छ ।
विगतका वर्षहरुमा राम्रो लाभांश घोषणा गरेका संस्थाहरुले यो वर्ष उच्च लाभांश भनेकै १५ प्रतिशतसम्म घोषणा गरेका छन् । यसले यी क्षेत्रहरु आर्थिक मन्दीको मारमा परेको प्रष्ट हुन्छ ।
चालु आर्थिक वर्षमा ५ वाणिज्य बैंकहरुले नगद लाभांश घोषणा गरेका छन् । जसमा एभरेष्ट बैंक, प्राइम कमर्सियल, सानिमा, ग्लोबल आईएमई, सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।
सबैभन्दा पहिला …
सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री सुरु गर्ने भएको छ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक १३ र १४ गते सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।
बैंकले सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दर मंगलबार १ दिन मात्र बिहान ११ बजे देखि मौज्दात कायम रहेमा मध्यान्न ४ः०० बजेसम्म बिक्री गरिने जनाएको छ ।
त्यस्तै,बैंकका अनुसार चाँदीको स्मारिका तथा मेडालियन भोलिदेखि १४ गते सम्म बिहान ११ बजे देखि मध्यान्न ४ः०० बजेसम्म प्रतिव्यक्ति बढिमा पाँच थानसम्म …
बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता हुँदै
१७ असोज, नवलपुर । नेपाल र बंगलादेशबीच आज ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । बंगलादेशले नेपालको बिजुली भारतको बाटो हुँदै लैजाने भएकाले त्रिपक्षीय सम्झौता हुनेछ ।
आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत् व्यापारसम्बन्धी सम्झौता पत्रमा अपराह्न हस्ताक्षर हुने छ ।
‘सीमा जोडिएको भारतसँग मात्र विद्युत् व्यापार गर्दै आएकोमा अब सीमा नजोडिएको बंगलादेशसँग पनि विद्युत् व्यापार गर्दै छौं,’ नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘दुईपक्षीय विद्युत् व्यापारबाट त्रिपक्षीय व्यापारमा प्रवेश गर्नु नेपालको समग्र ऊर्जा क्षेत्रका लागि यो कोशेढुंगा हो ।’
नेपाल विद्युत् …
शेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार पनि घट्यो
काठमाडौं । साताको चौथो कारोबार दिन पनि धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ ।
आज ४ अंकले शेयर बजारमा गिरावट आएको नेप्सेले जनाएको छ ।
त्यसो त यसअघि आइतबार ५० अंक, सोमबार ५७ अंकले बजार घट्दा मंगलबार भने सार्वजनिक बिदाका कारण शेयर कारोबार भएन । आज शून्य दशमलव १५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २ हजार ५ सय ७६ दशमलव ७६ बिन्दुमा आइपुगेको छ ।
त्यस्तै आज कारोबार रकम पनि खुम्चिएको छ । आज कुल ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँ बराबरको कारोबार …
नवलपुरमा ३४ हजार बढी सवारी साधन ट्राफिक कार्वाहीमा, २ करोड ८७ लाख राजस्व संकलन
कावासोती । गत आ.व २०८०/८१ मा नवलपुरमा ट्राफिक नियम उलंघन गर्ने ३४ हजार २ सय ३५ सवारी साधन ट्राफिक कार्वाहीमा परेका छ्न । सवारी साधनलाई गरिएको ट्राफिक कार्वाहीबाट गत आ.व ०८०/८१ मा २ करोड ८७ लाख ५४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताए ।
प्रमुख आचार्याका अनुसार एक वर्षको अवधिमा मोटरसाइकल १३ हजार ४ सय ६४, जिप, र कार ६ हजार ८ सय ७० वटा, ट्रक, टिपर ८ हजार ३ सय ८८ वटा, बस ३ हजार २५ वटा ,ट्याक्टर एक हजार ३६ वटा तथा अन्य …
सरकार परिवर्तनको प्रत्यक्ष असर विकास निर्माणमा
काठमाडौं । सरकार परिवर्तनको मार निर्माण कम्पनीले खेपिरहेका छन् । पटक पटक सरकार परिवर्तनको असर निर्माण व्यवसायमा प्रत्यक्ष रुपमा देखिएको हो । नयाँ सरकार आउनासाथ पुरानो सरकारले गरेका कार्यहरु नयाँ सरकारले अपनत्व नलिदा यो समस्या देखिएको हो । नेपाल निर्माण व्यवसायमा चुनौतीका चाङ रहे पनि समस्या समाधानमा राज्य उदासीन हँुदा दुई हजार बढी आयोजना अलपत्र परेका छन् ।
वर्षको अन्त्यमा ६० अर्ब बढी रुपैयाँ नेपाल सरकारले भुक्तानी नदिएको अवस्था छ । ५ सय ८५ अर्बका योजनाहरुको भुक्तानी व्यवस्थापन नहुँदा हाल २ हजार बढी आयोजनाहरु अलपत्र रहेका छन् । चालु आर्थिक वर्षको …
आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठ)
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । .
मंगलबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
उहाँले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब करोड अर्थात प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब रहेको बताउनुभयो । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । …
साढे ३ खर्ब नाघ्यो शोधनान्तर बचत , पौने २ खर्ब चालु खाता बचतमा
३० वैशाख, काठमाडौं । चालु खाता र शोधनान्तर बचत निरन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्ष (आव) नौ महिना (साउन–चैत) सम्म चालु खाता बचत १ खर्ब ७९ अर्ब ४८ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आव सुरुवातदेखि नै रेमिट्यान्समा देखिएको प्रभाव तथा गत वर्षको तुलनामा व्यापार घाटामा देखिएको कमीले चालु खातासँगै शोधनान्तर बचतमा पनि सकारात्मक प्रभाव परेको छ ।
पूँजीगत वस्तुसँगै मध्यवर्ती वस्तुको खुम्चिँदो आयात हिस्सा र आयातमा देखिएको कमीले अर्थतन्त्रमा शिथिलता बढ्दै गएको छ । आन्तरिक अर्थतन्त्र कमजोर भएर आयात संकुचन हुँदा चालु खाता र शोधनान्तर बचत …
९ महिनामा पौने ११ खर्ब रेमिट्यान्स भित्रियो ।
३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चैतसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स आएको हो ।
चैत महिनामा मात्र १ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार चैतसम्म अघिल्लो वर्षको यसै अवधिको तुलनामा १९.८ प्रतिशतले रेमिट्यान्स बढेको छ ।
अघिल्लो वर्षको तुलनामा वृद्धिदर भने केही कम भएको छ । अघिल्लो वर्ष यस अवधिमा रेमिट्यान्स २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह …
तेस्रो लगानी सम्मेलन काठमाण्डाैमा शुरू
१६ वैशाख, काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ ।
दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए । यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले बताए ।
सम्मेलनको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गरेका हुन् । उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे ।
विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिी भएका छन् ।
त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, …
धौवादी फलाम कम्पनीको ४५ प्रतिशत सेयरको लागि परियोजना सोकेस गरिँदै
बैशाख १२, कावासोती,
धौवादी फलाम कम्पनी लिमिटेडको निजी क्षेत्रलाई दिने भनिएको ४५ प्रतिशत सेयरको लागि सरकारले परियोजना सोकेस (प्रदर्शन) गर्ने भएको छ। खानी तथा भूगर्भ विभागले वैशाख १६ र १७ गते हुने अन्तराष्ट्रिय लगानी सम्मेलनमा धौवादी फलाम खानि परियोजना पनि सोकेस गर्न लागेको हो ।
सम्मेलनमा ३६ देशका ४६२ जनाभन्दा बढी लगानीकर्ता सहभागी हुने सुनिश्चित भएको लगानी बोर्डले जनाएको छ । बोर्डले सम्मेलनमा निजी क्षेत्र, प्रदेश र स्थानीय तहका समेत गरी ९ खर्ब रुपैयाँ बराबरका १ सय ४८ भन्दा बढी परियोजना सोकेस गर्ने तयारी गरेको छ ।
त्यस्तै विभागले १२ वटा खानी सम्बन्धी परियोजनामध्ये …