हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी

दिपेन्द्र रेग्मी, असार २१, कावासोती ।
समाजलाई डोर्याउने उपयुक्त ज्ञान र सिप भएको जशक्ति नै विकासको महत्वपूर्ण पाटो हुने नवलपुरका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेले बताउनुभएको छ ।
विकास भन्ने वित्तिकै बाटोघाटो निर्माण वा भौतिक निर्माणलाई मान्ने गरिएको भन्दै उहाँले बनेका ति पूर्वाधारलाई प्रयोग गर्ने ज्ञान सिप भएको जनशक्ति उत्पादन हुनु पनि विकासको महत्वपूर्ण पाटो हुने बताउनुभएको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना एवं राईट फर चिल्ड्रेनको सहकार्यमा भएको हुप्सेकोट गाउँपालिका स्तरिय सिकाई सामाग्रि प्रदर्शनि मेला प्रतियोगिता २०८२लाई सम्बोधन गर्दै प्र.जि.अ. पाण्डेले सो कुरा बताउनुभएको हो ।
उहाँले शिक्षामा …

नवलपुरमा ७०.४५ प्रतिशत विद्यार्थी उतिर्ण, ११ विद्यालयको नतिजा शत प्रतिशत, ९ जनाको नतिजा ४ जिपिए

सन्जय भट्टराई, कावासोती । नवलपुरबाट शैक्षिकसत्र २०८१ मा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका ५ हजार ७ सय ७० विद्यार्थी मध्ये ७०.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख दिपेन्द्र श्रेष्ठ अनुसार नवलपुरमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने ६ सय ८६, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने एक हजार २ सय ५४, २.८ देखि ३.२ जीपीए ल्याउने १ हजार ४ सय २५, २.४ देखि २.८ जीपीएसम्म ल्याउने ६ सय ६३ जना, २.० देखि २.४ जीपीएसम्म ल्याउने २८ जना रहेका छन् । त्यसैगरी प्रकाशित नतिजा अनुसार …

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड, नतिजा हेर्ने लिकं सहित ।

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।
एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि …

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समय तालिका

कावासोती । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ ।
परीक्षा चैत १९ गते मङ्गलवार सकिनेछ । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख …

राष्ट्रिय शिक्षा दिवसको अवसरमा कावासोतीका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थि सम्मानित

असोज ३, कावासोती: दोश्रो राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार कावासोति नगरपालिका भित्रका उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थिहरुलाई सम्मान गरिएको छ ।
 

नवलपुरको कावासोति नगरपालिकाद्धारा आयोजित पुरस्कार वितरण एवं सम्मान कार्यक्रममा नगरपालिका भित्र सञ्चालनमा रहेका मध्ये कक्षा ५, कक्षा ८, एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक तथा संस्थागत विद्यालयहरु सहित उत्कृष्ट विषय शिक्षक र विद्यार्थिहरुलाई सम्मान गरिएको हो ।
 
गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कावासोति नगरपालिकाका नगरप्रमुख विष्णु प्रसाद भुसालले अध्यक्षता गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा नगर उपप्रमुख फुलकुमारी थनेत, प्रमुख प्रशासकिय अधिकृत …

गण्डकी आवासीय मा.वि. मा युवा तथा जुनियर रेडक्रस सर्कल पुनर्गठन सम्पन्न

जेठ ४, कावासोती । कावासोती ८ स्थित गण्डकी आवासीय माध्यमिक विद्यालयमा युवा तथा जुनियर रेडक्रस समिति गठनले पूर्णता पाएको छ ।
जिल्ला रेडक्रस समिति नवलपुरका कोषाध्यक्ष वेदप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता, गण्डकी आ.मा.वि.का प्रधानाध्यापक जगत प्रसाद भट्टराईको संरक्षकत्व तथा शिक्षक शंकर भट्टराईको शिक्षक नायकत्वमा एघार सदस्यीय समिति आज एक कार्यक्रमकाबिच पुनर्गठन भएको छ ।

समितिमा केशव पौडेल सभापति, सोनिया काफ्ले उपसभापति, सचिवमा आयुष सुवेदी, कोषाध्यक्षमा किञ्जल सापकोटा, उपसचिवमा कृपा अधिकारी, उपकोषाध्यक्षमा नेन्सी गुरुङ तथा सदस्यहरुमा आदित्य पराजूली, सुजेन राना, प्रिन्सिका जि.सी., बिपुल पोख्रेल र रोजिना भट्टराई चयन भएका छन् ।

सो अवसरमा प्रमुख अतिथि …

एसईई परिक्षा सुरु, ५ लाख बढी परिक्षार्थी सहभागी

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु भएको छ । परीक्षामा ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

देशभर दुई हजार ६४ वटा परिक्षा केन्द्र तोकिएका छ । काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक वटा परीक्षा केन्द्र रहेका छन् ।

काठमाडौंमा ३८ हजार आठ सय ३१ तथा मनाङमा ४३ विद्यार्थी एसइईमा सहभागी छन् । परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ । त्यसमध्ये ३० हजार नौ …

यसवर्षको एसईईमा २ हजार परीक्षा केन्द्र, ५ लाख परीक्षार्थी

७ चैत, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

उनका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले बताए ।

परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र …

स्नातक तह पुन: तीन वर्षे बनाइन्छ : उपकुलपति बराल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीन वर्षे बनाइने बताएका छन् ।
त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चार वर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुक्रबार पद बहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. बरालले चार वर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्य सञ्चालनमा पनि असहजता थपेको बताए ।

अमेरिकालगायत केही देशमा चार वर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले ‘त्यस्ता देश वा त्यस्तै चार वर्षे …

गण्डकी आवासीय माध्यमिक विद्यालयको तेर्हौ बाषिकोत्सव तथा लर्निङ्ग एक्सपो सम्पन्न

एन सन्चार,कावासोती: कावासोती नगरपालिका ८ स्थित गण्डकी आवासीय माध्यमिक विद्यालयको बार्षिकोत्सव तथा लर्निङ्ग एक्सपो सोमबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमूख आतिथ्यता नगर प्रमूख विष्णु प्रसाद भुसालले गर्नुभएको थियो भने शिक्षा अधिकृत राजन पाण्डेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सांस्कृतिक, भाषिक, विज्ञान प्रविधी, गणित, खाना आदिको स्टलहरुमा विद्यार्थीहरुबाट तयार पारिएका परिकार तथा शिक्षण सामाग्रीहरुको प्रदर्शन गरिएको थियो । तीन दिनदेखि चलिरहेको कार्यक्रम आज प्रदर्शनी तथा विविध सांस्कृतिक कार्यक्रमसंगै सम्पन्न भएको हो । विद्यार्थीले निमार्ण गरेका सामाग्रीमध्ये पेपर वर्क र आर्टहरु कक्षाकोठामै प्रदर्शन गरिएको थियो भने थ्रिडी मोडेल तथा …

गण्डकी आवासीय माध्यमिक विद्यालयको तेर्हौ बाषिकोत्सव तथा लर्निङ्ग एक्सपो शुरु

प्रकाश भुषाल, ५ फागुन, कावासोती  :   कावासोती नगरपालिका ८ स्थित गण्डकी आवासीय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको तेहौं वसन्त पार गरी चौधौं बर्षमा प्रवेश गर्दैगर्दा तेर्हौ बाषिकोत्सव तथा लर्निङ्ग एक्सपो शुरु भएको जनाएको छ ।

उक्त कार्यक्रम अन्तर्गत आज शनिबार कक्षा चारदेखि कक्षा १० सम्मका अभिभावकहरुको अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । कार्यक्रम तिन दिनसम्म चल्नेछ । आइतबारको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा तीनसम्मका अभिभावकलाई असल अभिभावकत्व सम्बन्धि प्रशिक्षण दिइनेछ ।

कार्यक्रमको प्रशिक्षण वरिष्ठ मनोपरामर्शविज्ञ, उत्प्रेरणाबिद् इश्वर श्रेष्ठले दिइरहनुभएको छ । सोमबारको कार्यक्रममा विद्यार्थी र शिक्षकबाट वर्षैभरि गरिएका र गराइएका गतिविधिहरु साइन्स, म्याथ, कल्चर, …

गण्डकी आवासीय माध्यमिक विद्यालयमा शीतकालिन खेलकुद सप्ताह शुरु

प्रकाश भुषाल ११ माघ, एन. सन्चारः कावासोती नपा ८ स्थित गण्डकी आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरुको  शारिरिक, मानसिक, चारित्रिक  एवम्   नेतृत्वदायी भूमिकाको विकासको अवसरको विकास गर्न बिहिबारदेखि अन्तर सदनात्मक खेलकुद सप्ताह शुरु गरेको छ ।

नर्सरीदेखि कक्षा  तीनसम्म तातो आलु, म्युजिकल चेयर, गणित दौड, चकलेट दौड, भित्र बाहिर, दौड १०० मी, स्कुलको लागि तयारी दौड  लगायतका स्पर्धा छात्र र छात्रा का लागि  छुट्टाछुट्टै   हुनेछन ।

कक्षा ४ देखि ९ सम्म अन्तर सदनात्मक सामूहिक तथा एकल विधामा योगा, टेवलटेनिस, ब्याडमिन्टन, शटपुट, ज्याभलिन  थ्रो  , हाइ जम्प, लङ जम्प, फुटबल, रिले दौड,  १०० मी, २०० मी, ४०० …

सरकार र शिक्षक महासंघबीच आज पुनः वार्ता हुँदै

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच बिहीबार साँझ भएको वार्ता पनि निष्कर्षविहिन बने पछि शुक्रबार पनि पुनः वार्ता हुदैछ ।
शिक्षा विधेयकप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरुसंग सरकारले बिहीबार दुई पटक वार्ता गरे पनि कुनै सहमति बन्न सकेन ।

बिहीबार विहान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग वार्ता भएको थियो भने साँझ पुनः गृहमन्त्री श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चारमन्त्री रेखा शर्मा, शिक्षामन्त्री अशोक राई र कानुनमन्त्री धनराज गुरुङसहितको टोलीले शिक्षक महासंघका प्रतिनिधिहरुसंग छलफल गरेका थिए ।

वार्तामा धेरै विषय उठान भएको तर ठोस सहमतिको खाका नबनेको बताइएको छ । मन्त्रीहरुले शिक्षकहरुले उठाएका …

सरकार र शिक्षकहरुको वार्ता निष्कर्षविहीन

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएका शिक्षकहरुसँग सरकारले वार्ता सुरु गरेको छ ।
बिहीबार बिहान सिंहदरबारमा शिक्षकहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरु गरेका हुन् । यद्यपी गृहमन्त्रीसँगको वार्ता निष्कर्ष बिहीन भएको छ ।

वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो । छलफलमा कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्नेकुरा गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गर्नुभएको उहाँले बताउनुभयो । उहाँले आन्दोलन बानेश्वरबाट माईतीघरसम्म हुने बताउनुभयो ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न …

शिक्षक आन्दोलनलाई ऐक्यबद्धता र अनुरोध

हालसालै सदनमा प्रस्तुत भएको शिक्षा विधेयकमाथि गम्भीर असहमति राख्दै देशव्यापी रूपमा शिक्षकहरू आन्दोलित छन् । एक/दुई कुरामा अतिरिक्त व्याख्या एवं स्वयं शिक्षकहरूबाट समेत केही प्रतिबद्घता जाहेर गर्नुपर्ने ठाउँ बाहेक कसैले पनि शिक्षकको आन्दोलनमा ऐक्यबद्घता र सहभागिता नजनाउनुपर्ने कुनै पनि कारण छैन ।
प्रस्तावित विधेयकमा आम शिक्षकका तर्फबाट लगभग २० वटा असहमति राखिएको र संशोधन माग गरिएको देखिन्छ । शिक्षकहरू भित्रै पनि बाल विकास, राहत, निजी स्रोत तथा अस्थायी लगायत विभिन्न एक दर्जन विभेदकारी प्रकार विद्यमान छन् ।

यी समस्याप्रति निःसन्देह रहँदै विधेयकले शिक्षकको प्राज्ञिक स्वतन्त्रता र पेशागत उन्नयनलाई असर पर्ने गरी नयाँ …

शिक्षक हुन स्नातक पास हुनैपर्ने, माध्यमिक तहका लागि स्नातकोत्तर अनिवार्य

२७ भदौ, काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक उतीर्ण तोकिएको हो ।
हाल प्राथमिक तहको शिक्षकका लागि कक्षा १२ उतीर्ण भए पुग्ने व्यवस्था छ । हाल प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी तीन तहको शिक्षकको व्यवस्था गरे पनि विधेयकमा दुई तहका शिक्षक मात्र प्रस्ताव गरिएको छ । अब आधारभूत र माध्यमिक गरी दुई तहका शिक्षक रहनेछन् ।

आधारभूत तहको शिक्षकको परीक्षामा सहभागी हुन स्नातक उतीर्ण …

गणित, विज्ञान र कम्प्युटर अंग्रेजीमै पढाउनुपर्ने प्रस्ताव

२७ भदौ, काठमाडौं । सरकारले नेपालका विद्यालयमा मातृभाषासँगै नेपाली, संस्कृत र अंग्रेजी भाषामा पनि पढाउन पाइने प्रस्ताव गरेको छ ।
बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षणको माध्यमभाषा मातृभाषा, नेपाली, संस्कृत र अंग्रेजी हुने व्यवस्था गरिएको छ । तर माध्यम भाषा जे सुकै भए पनि विज्ञान, गणित र कम्प्युटर भने अंग्रेजी भाषामा नै पढाउनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।

कुनै विदेशीले नेपालमा अध्ययन गर्दा नेपाली नपढे पनि हुने भएको छ । उसले नेपालीको सट्टा पाठ्यक्रममा निर्धारित भाषा अर्थात कुनै मातृभाषा, सस्कृत वा अंग्रेजी पढ्न पनि पाउनेछ ।

नेपाली मौलिक कला, …

एसईई रद्द गर्ने तयारी

२६ भदौ, काठमाडौं । सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।

उनले भने, ‘अब कक्षा १० को परीक्षा स्कुलले गर्छ र १२ को मात्रै बोर्डले गर्छ, एसईई हुँदैन ।’ बिसं. १९९० सालमा नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना भएको थियो । ८३ वर्षसम्म रहेको एसएलसीलाई २०७३ सालमा सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेर सामान्य संशोधन गरेको …

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

भदौ २२, काठमाडौँ : आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ । यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान विद्यार्थी भर्नादर र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको छ ।
नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत छ । पन्ध्रदेखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ । नेपाल सरकारले एक दशकअघि …

कक्षा १२ को पुरक परीक्षा असोज ९ र १० गते हुने

भदौ २०, काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११र१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि ९पुरक० परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ ।
२०८० सालको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही …

You Missed

मोटरसाइकलको ठक्करबाट हुप्सेकोटमा एक जनाको मृत्यु
झाक्री प्रकास भुजेलले नवलपुरमा १० दिने तान्त्रिक शिविर गर्ने ।
हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्राज्ञ प्रतिष्ठान विधेयक पारित
दाउन्नेमा सडक भासियो ।।
“संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्छः”गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे
हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)

Primary Color

Secondary Color

Layout Mode