नियन्त्रण हुन सकेन नवलपुरका खोला–नदीबाट अबैधरूपमा ढुंगा, गिटी-बालुवा चोरी
दीपक भट्टराई। नवलपुर जिल्लाका विभिन्न खोला–नदीबाट खुलेआम ढुंगा, गिटी–बालुवा चोरी निकासी भइरहे पनि नियन्त्रणका लागि जिम्मेवार निकाय मौन देखिएका छन्।
कावासोती नगरपालिकाको केरुङ्गे खोला, हुप्सेकोट गाउँपालिका स्थित गिरीबारी खोला, बिनयी त्रिबेणीको बिनयी खोला र बुलिङटारको कालीगण्डकी नदीमा दैनिक रूपमा ठेक्का वा अनुमति विना नै ट्र्याक्टरमार्फत ढुङ्गा, बालुवा–गिटीको चोरी निकासी भइरहेको स्थानीयवासीले बताएका छन्।
स्थानीयवासीका अनुसार विगत लामो समयदेखि खोला उत्खनन अवैध रूपमा भइरहेको छ। बिहान सबेरैदेखि रातिसम्म ट्र्याक्टर खोला किनारमा पुग्ने गरेको देखिन्छ। यसरी चोरीतस्करी हुने गिटी–बालुवा बजारमा महँगो मूल्यमा बिक्री हुने गरेको भए पनि राज्यलाई भने राजस्व शून्य छ।
“दैनिक सयौँ ट्याक्टर …
आफैंलाई जलाउनुअघि पासवानले स्वीकारे रुवीको हत्या
११ भदौ । रौतहटकी रुवी साहको हत्या आरोपी लक्ष्मण पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ । सो भिडियोमा उनले रुवीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् ।
रुवीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुवी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् ।
‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०/१५ वर्ष सजाय भोग्नुपर्छ’ उनले भिडियोमा भनेका छन् ।
उनले रुवीसँगको प्रेमसम्बन्धबारे पनि धेरै कुराहरु खुलाएका छन् …
यस वर्षको तीज शुरु, आज दर खाने दिन
कावासाेती – यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ ।
विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दरखाने समय भने ठाउँ अनुसार फरक–फरक रहेको छ ।
कतै साँझमा अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । धेरै चिल्लो …
नारायणी नदि पुलमा दुर्घटना : एक जनाको मृत्यु
कावासोती । नवलपुरको गैँडाकोटमा रहेको नारायणी नदि पुलमा आईतबार दिउसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आईतबार साँझ ५:४० को समयमा भएको दुर्घटनामा गैंडाको-४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको हो ।
नारायणी पुलमा गैंडाकोट बाट नारायणगढ तर्फ जादै गरेको ना१क ५१९९ नं.को अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ट्रकले सोही दिशातर्फ जादै गरेको ना४३प ८७ नम्बरको मोटरसाइकललाई ओभरट्रयाक गर्ने क्रम ठक्कर दिएको थियो ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिदां घाईते भएका मोटरसाइकल चालक दाहालको नयाँ मेडिकल कलेज चितवन पुर्याउन साथ चिकित्सकले मृतक घोषणा गरेका नवलपुर प्रहरीले जनाएको छ । मोटरसाइकलमा …
देवचुलीमा ट्रमा सेन्टरको निर्माण सुरु, निर्माण पक्ष भन्छ १८ महिना भित्र सम्पन्न गर्छाै ।
सन्जय भट्टराई, कावासोती । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरि देवचुली-१७ मा ट्रमा सेन्टरको निर्माणको काम सुरु भएको छ । जग्गाको भोगाधिकार प्राप्त भएको १ वर्ष पछि ट्रमा सेन्टरको निर्माणको काम सुरु भएको हो ।
मन्त्री परिषदको २०८१साउन १४ गते बसेको बैंठकले देवचुली नगरपालिका वडा नं १७ मा रहेको झराही सामुदायिक वनको २ हेक्टर जग्गामा ट्रमा सेन्टर बनाउन दिने गरि मन्त्री परिषदले भोगाधिकार दिने निर्णय गरको एक वर्ष पछि सघन सहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरले ठेक्का आवह्वान गरेको थियो ।
ठेक्का प्रक्रियाबाट भरतपुरको बिबिएस जेभिले निर्माणको जिम्मा पाएको सघन सहरी …
अर्जुनचौपारी बन्याे संस्थागत क्षमता स्वमूल्याङ्कनमा गण्डकीकै पहिलो पालिका ।
कावासाेती । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो भएको छ ।
आर्थिक वर्ष २०८०-०८१ को मूल्याङ्कनमा अर्जुनचौपारीले उत्कृष्ट अंक सहित प्रदेशमा पहिलो स्थान पाएको हो । अर्जुनचौपारीले ८८.७५ अंक पाएको छ ।
स्याङ्जाकै भीरकोट नगरपालिकाले ८८.२५ अकं सहित गण्डकीमा दोस्रो स्थान पाएको छ भने पर्वतको जलजला गाउँपालिकाले ८८ अंक सहित तेस्रो भएको छ । प्रदेशभित्रका ३ पालिकाले ८८ अंक पार गर्दा २२ पालिकाले ८५ अंक पार गरेका छन् । यस्तै, ४१ पालिकाले ८० अंक कटाएका छन् ।
गण्डकीको एकमात्रै महानगर पोखराले ८३.५ अकं ल्याएको छ । नगरपालिकातर्फ गोरखाको …
गरीबीले धेरै कुरा खोस्यो, तर पढ्ने इच्छा खोस्न सकेनः नवलपुरकी चादनीको संघर्ष र आशाको कथा ।
दिपक भट्टराइ, नवलपुर । कावासोती नगरपालिका–१२ पिठौलीस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको कक्षा १० को कोठामा विद्यार्थीहरू आफ्नो पाठ्यपुस्तक पल्टाउँदै छन्। कोही साथीहरूसँग कुरा गर्दै छन्, कोही नोटबुकमा लेखिरहेका छन्। तर त्यही भीडमा एउटा अनुहारले सबैभन्दा बढी ध्यान खिच्छ- त्यो अनुहार हो १५ वर्षीया चादनी गोसाईको । जसको अनुहारमा पढ्ने जिज्ञासा, आँखामा सपनाको चमक र हृदयमा परिवारको भारी जिम्मेवारी स्पष्ट देखिन्छ।
चादनीको जीवन अभाव र संघर्षको कथा हो। घर सामान्य टहरो मात्र – छानोमा जिर्ण टिन, भित्तामा माटो र बाँस। भित्र छिर्दा चुलोमा धुवाँ मात्र निस्किन्छ, भाँडामा अन्न हुँदैन। घरमा न खानेपानी …
ठेकेदारको लापरबाहीले कावासोतीमा करोडौँ लगानीकाे खानेपानी आयोजना अलपत्र
दिपक भट्टराइ, कावासोती । नवलपुरको कावासोती नगरपालिका–१३ का स्थानीय बासिन्दा वर्षौंदेखि खानेपानी अभावमा पिडित भइरहेका छन्।
करिब चार हजार घरधुरीलाई लक्षित गरी निर्माण सुरु गरिएको करोडौँ रुपैयाँ लागतको खानेपानी आयोजना ठेकेदारको लापरबाहीका कारण वर्षौँदेखि अधुरै छाडिएको छ। ओभरहेड ट्यांकी, पाइपलाइन र संरचना निर्माण अलपत्र अवस्थामा हुँदा स्थानीयले आजसम्म शुद्ध खानेपानीकाे सुविधा पाउन सकेका छैनन्।
कावासोती नगरपालिका–१३ का स्थानीय बासिन्दा वर्षौंदेखि खानेपानी अभावमा पिडित छन्। घर आँगनमा धारा नआउँदा स्थानिय खानेपानीबाट समेत बन्चित हुनु परेकाे छ । करिब पाँच वर्षअघि सुरु गरिएको खानेपानी आयोजना आजसम्म अलपत्र छाडिँदा स्थानीय पिडित बनेका हुन
२०७७ साल असार …
नक्साविनै धमाधम नमूना सदरमुकाम
बोमलाल गिरी । नवलपुर, भदौ ६ गते । नवलपुरको कावासोतीमा एक सय ८६ विघा क्षेत्रफलमा नमुना सदरमुकाम निर्माणको काम धमाधम चलिरहेको छ । यहाँ २ पटक गरी लागेको ठेक्कबाट ९ वटा कार्यालय भवन तथा सभाहल, गेट, पर्खाल, केरुङ्गे खोलामा तटबन्धन र सडक कालोपत्रे लगायतका काम भइरहेका छन् ।
दुईवटा निर्माण कम्पनीले काम थालेको हालको आयोजनाको लागत ५ अर्ब २१ करोड रहेको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । नमुना सदरमुकामको डिपिआर बमोजिम सबै काम सक्न कुल १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुैपयाँ लाग्ने अनुमान गरिएको …
गण्डकीमा अब घरेलु मदिरालाई वैधानिकता
कावासोती । गण्डकी प्रदेशमा घरेलु मदिरा उत्पादन र बिक्रीलाई वैधानिकता दिने विधेयक प्रदेश सभाबाट पारित भएको छ ।
मंगलबारको प्रदेश सभा बैठकबाट गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशन भएपछि प्रदेशमा घरेलु मदिराले वैधानिकता पाउनेछ । यसका लागि बढीमा एक महिना समय लाग्नेछ ।
विधेयकले घरेलु मदिरा उत्पादन र बिक्री गर्न उद्योग तथा वाणिज्य हेर्ने जिल्लास्थित कार्यालयमा दर्ता भई इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । धर्म, संस्कृति र घरायसी प्रयोजनका लागि वार्षिक ६० लिटरसम्म मदिरा उत्पादनका लागि …
कावासोतीमा नेटवर्किङको नाममा ठगीधन्दा चलाउने पाँच जना पक्राउ
कावासोती । नवलपुरको कावासोतीमा नेटवर्किङ विजनेशको नाममा ठगीधन्दा बढेको पाइएको छ।
कावासोतीमा रहेको शाखा कार्यालय स्थापना गरी युनिभर्सल इन्टरपेनेर्स प्रालिको नाममा ठगी गरेको पाइएको नवलपुर प्रहरीले जनाएको छ। ठगी गर्ने पाँच जना नवलपुरको कावासोतीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए।
पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका ८ चोरमारा निवासी २९ वर्षीय समर्पित पाण्डे, कावासोती ८ निवासी ३२ वर्षीय जनक देवकोटा, बौदीकाली १ घर भई कावासोती ३ मध्यविन्दुटोल निवासी २५ वर्षीय सन्तोष कार्की, कावासोती १ रिठ्ठेपानी निवासी २४ वर्षीया मनिसा थापा मगर र कावासोती ५ निवासी २३ वर्षीय हरिप्रसाद …
भदौ १३ गते प्रचण्ड नवलपुर आउदै ।।
कावासोती । नवलपुरको कावासोतीमा जिल्ला स्तरीय खुल्ला भोदी खेल प्रतियोगिता हुने भएको छ ।
कावासोती नगरपालिका १६ डण्डामा रहेको थारु राष्ट्रिय संग्राहलय डण्डाको आयोजनामा संग्राहालयको मैदानमा भदौ १३ गते सम्पन्न हुने जिल्ला स्तरीय खुल्ला पुरुष तथा महिला भोदी खेलकुद प्रतियोगिता नेकपा माओबादि केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुस्प कमल दहाल प्रचण्ड उदघाटनका लागि नवलपुर आउने भयका हुन ।
थारु संग्राहालयमा आयोजित पत्रकार सम्मेलनमा थारु संग्राहलयका अध्यक्ष फनसराम महताले दिएको जानकारी अनुसार प्रतियोगितामा महिला र पुरुषका छुट्टाछुट्टै गरी ८० भन्दा बढी समूहको सहभागिता रहने छ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले …
“पत्रकारहरु पार्टिको मुख पत्र जस्तो बन्नु भएनः” प्रदेश सासंद पौडेल
भदौ ४, कावासोती । गण्डकी प्रदेश सासंद विन्दु पौडेलले पत्रकारहरु पार्टिको मुख पत्र जस्तो बन्नु नहुने बताउनुभएको छ ।
नेपाली हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अवसर पारि आज नेपाल पत्रकार महासंघ नवलपुरले कावासोती ३ मा अवस्थित महासंघ भवनमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आँफु पनि राजनितिमा लाग्नु भन्दा अगाडि पत्रकारीता नै गरेको अनुभव सुनाउँदै हजार नेताले बोलेको भन्दा एउटा पत्रकारले लेखेको कुराले ठूलो प्रभाव पार्न सक्ने हुँदा पत्रकारहरुले स्वतन्त्रता पूर्वक कलम चलाउनुपर्ने बताउनुभएको हो ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रिराम सिग्देलको सभापतित्वमा भएको कार्यक्रमको …
रहेनन वरिष्ठ गीतकार एवं साहित्यकार प्रेम विनोद नन्दन ।
२ भदौ । चर्चित गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ । मोफसलमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।
लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट नन्दन पीडित थिए । केही समययता उनी थला परेर हिँड्डुल गर्नसमेत सक्दैनथे । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहाकार समेत रहेका नन्दनको पार्थीव शरिरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धान्जलीका लागि राखिने छ । नन्दनको आजै देवघाटमा दाहासंस्कारको तयारी गरिएको छ ।
गजलमा नै दोहोरी फर्काउन सक्ने क्षमता भएका नन्दनले विभिन्न विद्यामा आफ्ना रचनाहरु सिर्जना …
कावासाेतीमा विद्युत अवराेध, समस्या पहिल्याउनै प्राधिकरण शाखालाइ लाग्याे ३ घण्टा ।
भदौ २, कावासोती । नवलपुरको कावासोती सहित यसआसपासको क्षेत्रमा आज विहानैदेखि विद्युत्त सेवा अवरुद्ध भएको छ ।
प्रगतिनगर सव् स्टेशन बाट कावासोती आउने ३३ केभिको फिडरमा प्रगतिनगर नजिकैको जङ्गल क्षेत्रमा तार चुडिएर समस्या भएको पत्ता लगाउनै ३ घण्टा भन्दा बढि समय लागेको नेपाल विद्युत्त प्राधिकरण कावासोतीले जनाएको छ ।
कार्यालयका प्रमुख सुर्य नारायण मण्डलसँग विहान साढे सात बजे भएको कुराकानिमा प्रगतिनगर सबस्टेशनको ३३ केभि फिडरमा समस्या देखिएको तर समस्या कहाँनिर भएको हो भन्ने पत्ता लगाउन नसकिएकाे वताए ।
नवलपुरको सदरमुकाम समेत रहेको कावासोती नगरपालिका सहित यस आसपासमा गएराति पनि पटक पटक विद्युत्त आपुर्तिमा …
रेडियाे कावासाेतीले नगर स्तरिय अन्तर विद्यालय शिक्षक तिज गित प्रतियोगिता एवं दर खाने कार्यक्रम गर्ने ।
भदौ १, कावासोती । कावासोतीमा आउँदो भदौ ७ गते जिल्लामै फरक र नविन तिज विषेश कार्यक्रम हुने भएको छ ।
नेपाली सनातन हिन्दु धर्मावलम्बि महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भैरहेको सन्दर्भमा कावासोतीमा भने अन्यत्र भन्दा भिन्न प्रकारले विद्यालय शिक्षकहरुको तिज गित प्रतियोगिता आयोजना हुने भएको हो ।
नवलपुरको कावासोती नगरपालिका वडा नं. ३ मा अवस्थित रेडियो कावासोती १०२.६ मेगाहर्ज र सिद्धार्थ आवासिय मा.वि. कावासोतीको संयुक्त आयोजनामा “नगर स्तरिय अन्तर विद्यालय शिक्षक तिज गित प्रतियोगिता एवं दर खाने कार्यक्रम २०८२” आयोजन गर्न लागिएको रेडियोका प्रबन्ध सञ्चालक भोजराज दाहालले …
नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकियो, कुन गाडीलाई कति ?
२९ साउन, काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ ।
बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गा सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय गरेको छ ।
त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय …
कावासोतीमा मोटरसाइकल ठक्कर, पैदलयात्रीको मृत्यु
कावासोती । नवलपुरको कावासोती नगरपालिका–१६ कुमारी टोलमा शुक्रबार साँझ मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कुमारी टोलबाट सातघरेतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री ५५ वर्षीया रुकमान परियारलाई ठक्कर दिएको हो।
टाउको, घाँटी र खुट्टामा गम्भीर चोट लागेकी परियारलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेका छन्। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
हुप्सेकोट र बौदीकालीका नौ सय कृषकलाई फलफूलका बिरुवा वितरण
विष्णु गौडेल, कावासोती : नवलपुरकाे हुप्सेकोट गाउँपालिकामा अदुवामा आधारित कृषि वन प्रणाली विकास गर्ने उद्देश्यले किसानहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको छ ।
सिआरएस( CRS ) नेपालको आर्थिक साझेदारीमा हिकोडेफको आयोजना एवं हुप्सेकोट गाउँपालिकाको समन्वयमा स्थानीय ४५० जना कृषकहरूलाई फलफूलका बिरुवा वितरण गरिएको हो । हुप्सेकोट गाउँपालिकाको वडा नं.२,४,५ र ६ का चार सय ५० घरपरिवारलाई एक हजार नौ सय कफी, तीन हजार कागती र एक सय ५० वटा सुन्तलाको बिरुवा वितरण गरिएको परियोजना संयोजक प्रशान्त रिजालले बताए ।
मध्य पहाडी क्षेत्रमा क्षयग्रस्त भू–परिवेशमा दिगो तथा सुधारिएको कृषि प्रणाली विकास गर्दै जैविक …
विनयी त्रिवेणीमा चक्कुले घाँटी रेटेर श्रीमतीको हत्या
कावासोती । नवलपुरमा श्रीमानले श्रीमतीको तरकारी काटने चक्कुले घाँटी रेटेर हत्या गरेका छन् ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –३, उदयटारी बस्ने महेन्द्र पौडेलले आफ्नै श्रीमती गोमा पौडेलको चक्कुले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले बताए ।
शुक्रबार बिहान करिब १०ः३० बजेको समयमा श्रीमान श्रीमती बिच घरायसी विषयमा विवाद शुरू भएको थियो ।
विवाद बढदै जाँदा तरकारी काट्ने चक्कुले घाँटी रेटेर पौडेलले आफ्नै श्रीमतिको हत्या गरेको प्रहरी डिएसपी नेपालले बताए ।
श्रीमतीको हत्या गर्ने श्रीमानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको डिएसपी नेपालले बताए ।
