पोखरा पुग्यो वाई-फाई नेपाल, ३३३ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट चलाउन सकिने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपालको सेवा पोखरमा पनि विस्तार भएको छ । गत जेठमा नेपालकै सस्तो इन्टरनेट प्याकेजका साथ सञ्चालनमा आएको कम्पनीले आइतबारदेखि पोखरामा पनि सेवा विस्तार गरेको हो ।
पोखरा आसपासका ग्राहकले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्नसक्ने वाई-फाई नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रुहन पञ्जियारले जानकारी दिए ।
“हामीले काठमाडौं उपत्यकाका तीन जिल्लामा सेवा विस्तार गरेसँगै आइतबारदेखि पोखरमा पनि वाई-फाई नेपाल विस्तार गरेका छौं,” सीईओ पञ्जियारले भने, “अब पोखरामा पनि नेपालकै सस्तो इन्टरनेट जडान गर्न सकिनेछ ।”
उनका अनुसार मासिक ३३३ रुपैयाँमा ५० एमबीपीस र मासिक पाँच सय …
सबैले जान्नुपर्ने फेसबुकका ५ उपयोगी सेटिङ
काठमाडाैं । आज हामी फेसबुकका पाँच उपयोगी सेटिङबारे बताउँदै छौँ, जसले तपाईँलाई सुरक्षित तथा स्मार्ट तरिकाबाट फेसबुक चलाउन मद्दत गर्नेछ ।
१. टु फ्याक्टर अथेन्टिकेसन:
यसले हाम्रो फेसबुक अकाउन्ट सुरक्षित राख्छ । फेसबुकमा पासवर्ड त हामीले राखेकै हुन्छौं । साथमा ‘Two factor Authentication’ पनि अन गर्ने हो भने थप सुरक्षित भइन्छ ।
– यसका लागि सबैभन्दा पहिले आफ्नो फेसबुकको ‘menu’ मार्फत ‘settings and privacy’ मा जानुहोस् ।
-अब ‘Privacy shortcuts’ मा जानुहोस् ।
-यहाँको ‘Account Security’ मा गएर ‘Use Two factor Authentication’ मा क्लिक गर्नुहोस् ।
यो फिचर अन गरेपछि फेसबुकलाई अपरिचित डिभाइस वा ब्राउजरबाट लगइन गरेको थाहा हुन्छ …
स्न्यापच्याटमा नगर्नुहोस् यी ७ गल्ती, नत्र ‘ब्यान्ड’ हुनसक्छ तपाईँको अकाउन्ट
काठमाडौं । स्न्यापच्याट चलाउँदा निकै रमाइलो अनुभूति हुन्छ । तर यो एपमा त्यस्ता केही चिज छन्, जसले गर्दा तपाईँको अकाउन्ट प्रतिबन्धमा पर्न सक्छ । यसका साथै तपाईँलाई अनौठो लाग्ने अन्य चिजहरू पनि यो एपमा छन् ।
आज हामी त्यस्ता सात विषयबारे बताउँदै छौँ, जसले तपाईँलाई स्न्यापच्याटबाट हटाइदिन सक्छन् ।
१. स्न्यापच्याट चलाउन अनधिकृत थर्ड-पार्टी एपको प्रयोग:
धेरैका लागि अहिले स्न्यापच्याट सामाजिक सञ्जालको माध्यम पनि बनेको छ । यसका साथै पछिल्ला वर्षहरूमा अन्य थर्ड-पार्टी एपहरू निकै लोकप्रिय बनेका छन् ।
यस्ता थर्ड-पार्टी एपहरू केही सन्दर्भमा उपयोगी पनि हुन सक्छन् । तर यदि तपाईँ आफ्नो स्न्यापच्याट अकाउन्ट …
के डीएसएलआर र मोबाइलको क्यामेरामा हुने मेगापिक्सेल एउटै हो ?
फोटोग्राफी गर्न मेगापिक्सेल नै महत्त्वपूर्ण होइन । तर हामी भने धेरै मेगापिक्सेल र नयाँ-नयाँ फोनको पछि लाग्छौं । यसको सट्टा हामी आफ्नो सीप विकास गर्नतिर लाग्नुपर्छ । किनकी फोटोग्राफी गर्न मेगापिक्सेलले खासै फरक पार्दैन ।
साधारणतयाः फोटोग्राफी गर्न २४ मेगापिक्सेल भएको क्यामेरा पर्याप्त हुन्छ । नेपालमा ठूलठूला आकारमा खासै फाेटाे प्रिन्ट हुँदैन । हामीले फोटोहरु बढी प्रिन्ट गर्ने भनेको पत्रपत्रिकाका लागि हो । त्यसमा १०/१२ मेगापिक्सेलको क्यामेरा भए उत्कृष्ट फोटो प्रिन्ट गर्न सकिन्छ ।
त्यस्तै कतिपय व्यक्ति प्रोफेसनल क्यामेरा र मोबाइलको क्यामेरामा हुने मेगापिक्सेलमा झुक्किरहेका हुन्छन् । तर यी दुईमा केही भिन्नता …
इन्टरनेट प्रदायकको निःशुल्क आईपीटिभी सेवा बन्द गराउन केबल टिभी व्यवसायीको माग
काठमाडौं । केबल टेलिभिजन व्यवसायीहरूले इन्टरनेट प्रदायकको निःशुल्क आईपीटिभी सेवा बन्द गराउन माग राखेका छन् । इन्टरनेट सेवाप्रदायकले इन्टरनेटको नाममा आईपीटिभी सेवा निःशुल्क गरी बन्डलिङ प्याकेज बनाएर बिक्री वितरण गरिरहेको भन्दै केबल टिभी व्यवसायीले त्यस्ता कार्यमा तत्काल रोक लगाउन माग राखेका हुन् ।
सोमबार राजधानीमा सम्पन्न केबल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाले आईपीटिभी सेवाको नाममा गैरकानूनी रूपले भइरहेका कार्य तत्काल रोक्न सरोकारवालालाई ध्यानाकर्षण गराएको छ ।
इन्टरनेट र आईपीटिभीको नाममा ओभर दी टप (ओटीटी), मोबाइल एप्स तथा सामाजिक सञ्जालमार्फत गैरकानूनी रुपमा प्रसारण भइरहेकाे भन्दै त्यस्ता कार्यक्रम बन्द गर्न उनीहरूले माग राखेका छन् ।
भेलाले ‘राष्ट्रिय प्रसारण ऐन, २०४९, …
च्याट जीपीटीमा १० अर्ब डलर बढी लगानी गर्ने माइक्रोसफ्टको घोषणा
काठमाडौं । माइक्रोसफ्टले च्याटजीपीटी निर्माता ओपनएआईमा अर्बौँ डलर लगानी गर्ने घोषणा गरेको छ । निश्चित रकम नखुलाइए पनि न्यू याेर्क टाइम्सले माइक्राेसफ्टसँग नजिककाे स्राेतलाई उद्धृत गर्दै १० अर्ब डलर बढी लगानी गर्न साझेदारी भएकाे उल्लेख गरेकाे छ ।
ओपन एआईलाई माइक्रोसफ्टले यसअघि पनि आर्थिक सहायता दिँदै आएको थियो । अत्याधुनिक एआई प्रविधिका माध्यमबाट भविष्यमा दुवै कम्पनीलाई फाइदा हुनेगरी माइक्राेसफ्टले साझेदारी गरेकाे बताइएको छ ।
“हामीले जिम्मेवारीपूर्वक अत्याधुनिक एआई अनुसन्धानलाई अगाडि बढाउने र एआईलाई नयाँ प्रविधि प्लेटफर्मको रूपमा अगाडि बढाउने साझा महत्वाकांक्षाका आधारमा ओपनएआईसँग साझेदारी गरेका हाैं, ” माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नडेलाले एक ब्लग …
साझा यातायातका बस अब मोबाइल एपबाटै लाइभ ट्रयाक गर्न सकिने
काठमाडौं । साझा यातायातका बस अब मोबाइल एपबाटै लाइभ ट्रयाक गर्न सकिने भएको छ । कम्पनीले ल्याएको मोबाइल एपमा यो सुविधा दिइएकाे हो ।
‘साझा प्लस’ नाम दिइएको एपमा यात्रुले साझा यातायात बसहरू रुट अनुसार हेर्न, बसहरूको लाइभ ट्र्याक, साझा यातायात बसहरूको नजिकको स्टपहरू थाहा पाउन तथा बस स्टपबाट नजिक पुग्ने समय अनुमान गर्न सक्नेछन् ।
बेटा संस्करणका रुपमा सार्वजनिक एपमा थप सुधार र स्तरवृद्धि गर्न कम्पनीले प्रयोकगर्ताबाट प्रतिक्रियामा पनि मागेको छे । यो एप गुगल प्लेस्टोरमार्फत डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
हाई-इन्ड साउण्डबारसँगै मिभीको ७२ घण्टासम्म टिक्ने ब्याट्री भएको नेकब्याण्ड नेपाल भित्रिँदै
काठमाडौंँ । नेपालका लागि मिभी ब्रान्डको आधिकारिक बिक्रेता इन्फिनिटी ग्रुपले साउण्डबार र नेकब्याण्ड अन्तर्गत नयाँ उत्पादन नेपाली बजारमा भित्र्याउने भएको छ । कम्पनीले आउँदो मङ्गलबार हाई–इन्ड साउण्डबार तथा बजेट नेकब्याण्ड भित्र्याउने तयारी थालेको हो ।
यसअघि बजारमा ल्याएका तीन हजार देखी १२ हजारसम्मका प्रोडक्टमा पाएको सफलतालाई आत्मसाथ गर्दै नयाँ प्रोडक्ट भित्र्याउन लागेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आउँदो मङ्गलबार साउण्डबार र नेकब्याण्ड गरी कूल तीन ओटा नयाँ उत्पादन नेपाली बजारमा आउनेछन् ।
जसमा साउण्डबार अन्तर्गत ‘फोर्ट एस२००’ रहेको छ । हाई–इन्ड साउण्डबारको रुपमा भित्रिने ‘फोर्ट एस२००’ मा २०० वाटको साउण्ड आउटपुट रहेको …
६ जीबी र्याम र ६००० एमएएच ब्याट्री सहित अनरको सस्तो फोन नेपाली बजारमा
काठमाडौँ । ‘अनर एक्स सेभेन ए’ स्मार्टफाेन नेपाली बजारमा भित्रिएकाे छ । सस्तो र टिकाउ फोनको रूपमा अघि सारिएकाे याे फोनमा ६.७४ इन्चको टीएफटी एलसीडी डिस्प्ले छ ।
मिडियाटेक एमटी६७६५ एज हेलियाे जी३७ (Mediatek MT6765H Helio G37) चिपसेटद्वारा सञ्चालित फोन एन्ड्रोइड १२ र म्याजिक यूआई ६.१ मा आधारित छ ।
यो फोन नेपाली बजारमा ६ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रावाइड, २ जीबी अल्ट्रावाइड र २ मेगापिक्सेलकै डेफ्थ सेन्सर छ ।
साथै ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएकाे छ । कम्पनीका …
आजदेखि सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नचल्ने
३० भदौ, काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।
नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।
यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन ।
प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वत: …
टेलिकमले पूरा गर्यो ई-सिमको परीक्षण, वितरणको तयारी चल्दै
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को सम्पूर्ण तयारी सम्पन्न गरेको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ (गाँस्न) गर्न सकिने ई–सिम उपलब्ध गराउने भएको हो ।
त्यसका लागि आवश्यक सम्पूर्ण परीक्षण सम्पन्न गरी बिक्रि वितरण गर्ने मोडेलको तयारी भइरहेको टेलिकमले जनाएको छ । “ई-सिम परीक्षणको सम्पूर्ण काम सम्पन्न भएर वितरणको लागि तयारी अवस्थामा छ,” टेलिकमका प्रवक्ता शोभन अधिकारीले टेकपानासँग भने, “तर, त्यसको वितरण मोडेल भने फाइनल हुन सकेको छैन् ।”
यसको …
डेटा सेन्टरका लागि उपयुक्त हुनसक्छ नेपालको हिमाली क्षेत्र, तर कसैले किन राख्दैन ?
हामीले साँच्चै नै डेटा सेन्टरमा राम्राे काम गर्याैँ, बजार तयार पार्न सक्याैँ भने देश विकासमा पनि सहयाेग पुग्छ । तर यसका लागि हामीले सुरुमा पूर्वाधार विकास गर्नुपर्छ । डेटा सेन्टरलाई मुख्य चाहिने भनेकाे चिस्याउन चाहिने बिजुली हाे । किन भने त्यसलाई सँधै चिसाे बनाएर राख्नु पर्छ ।
हामीले हिमालय क्षेत्र तिर डेटा सेन्टर बनायाैँ भने लागत कम पर्न सक्छ । त्याे एउटा विकल्प हुन सक्छ । तर त्यहाँ धेरै प्राकृतिक प्रकाेपहरू आउन सक्छन् । त्यसमा पनि सचेत हुनु पर्छ ।
माइक्राेसफ्टले समुन्द्र मुनि डेटा सेन्टर बनाएर ‘कुलिङ’ (चिस्याउँदा) लागत घटायाे । त्यस्तै …
नेपालमा पब्जी, फ्रिफायर जस्ता ई-स्पोर्ट्स बन्द होइन, बरु प्रवर्द्धन गरेर आर्थिक लाभ लिन सक्नुपर्छ
विश्वमा भर्चुअल गेमको प्रभाव बढ्दै गइरहेको सन्दर्भमा नेपालमा पनि त्यसप्रतिको आकर्षण उर्लिँदो छ । मनोरञ्जन र समय व्यतीत गर्ने माध्यम मात्र नभएर यसले आजको दिनमा ई-स्पोर्टसको रूपमा व्यवसायिक रूप समेत लिएको छ । नेपालमा पनि व्यवसायिक रूपमा ई-स्पोर्टस अगाडि बढ्न खोजिरहेको छ । त्यस्ता विभिन्न सङ्घ संस्थाहरू छन्, जसले ई-स्पोर्टसको क्षेत्रमा काम गरिरहेका छन् । जसमध्ये एक हो, नेपाल ई-स्पोर्टस एसोसियसन (नेसा) । नेसाले नेपालमा मोबाइल तथा कम्प्युटरमा खेलिने गेमहरूको प्रवर्द्धन तथा विकासका लागि विभिन्न प्रतियोगिता आयोजना तथा व्यवस्थापन गर्दै आएको छ । नेसा अहिले के गर्दै छ , भविष्यका …
ट्विटर किन्नबाट पछि हटे एलन मस्क
टेस्लाका सिइओ तथा धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्विटर नकिन्ने भएका छन्।
४४ बिलियन डलरमा किन्न गरिएको सम्झौताका कतिपय प्रावधानको उल्लंघन गरेको भन्दै शुक्रबार उनले ट्विटर नकिन्ने बताएका हुन्।
मस्क पछि हटेपछि ट्विटरले अदालतमा मुद्दा हाल्ने भएको छ। ट्विटरका अध्यक्ष ब्रेट टेलरले शनिबार ट्विट गर्दै मर्जर सम्झौता लागू गराउन आफूहरू अदालत जान लागेको बताएका हुन्।
‘मस्कसँग सहमत भएको मूल्य र सम्झौतालाई बन्द गर्न ट्विटर बोर्ड प्रतिबद्ध छ,’ उनले ट्विटमा भनेका छन्,‘र मर्जर सम्झौता कार्यान्वयन गर्न कानुनी कारबाही गर्ने योजना छ। हामी डेलावेर कोर्ट अफ चान्सरीमा विजयी हुनेमा विश्वस्त छौं।’
The Twitter Board is committed …
मोबाइल एडिक्सन र असर
अचेल स्मार्टफोन हाम्रो जीवनको अहम् हिस्सा बनिसकेको छ। हामी मोबाइल बिना केही घन्टा त धेरै भयो केही मिनेट पनि बिताउन सक्दैनौं। लगातार मोबाइल फोनको प्रयोगले हामी खतरातर्फ गइरहेका छौं।
मोबाइल फोन चलाउने प्रायः धेरैजसो मानिस ‘मोबाइल एडिक्सन’ को शिकार भइसकेका छन्। जुन कुरा उनीहरूलाई थाहै छैन। यस्तो बिरामी एक उमेर समूहमा मात्रै होइन बच्चादेखि बुढासम्म सबैलाई लागिसकेको छ। मोबाइल लगातार प्रयोग गर्नेहरूमा आफैंमाथि नियन्त्रण हुँदैन।
मोबाइल फोन सँगै नराखे दैनिक कामकाजमा, शारीरिक तथा मानिसक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नु, पारिवारिक सदस्यसँग टाढिँदै जानु मोबाइल एडिक्सन हो। यदि तपाईं बेलाबेलामा खल्तीमा मोबाइल भए–नभएको जानकारी …
एलन मस्कले किने ४४ अर्ब डलरमा ट्वीटर
टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले ट्वीटर किनेका छन्। एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर किनेको बीबीसीले जनाएको छ।
सामाजिक ट्वीटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति मस्कको प्रस्तावमा सहमत भएसँग उनले ट्वीटर किनेका हुन्। ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक आँकलन गरेर बेच्ने निर्णय गरेको बताएका छन्।
फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ।
कम्पनीले सुरुमा मस्कको प्रस्तावलाई अस्वीकार गरेपनि अब उसले शेयरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्ने …
इन्टरनेटको शुल्क घटाइने, सञ्चार तथा सूचना प्रविधिका लागि ८ अर्ब ५९ करोड बजेट
सरकारले सञ्चार तथा सूचना प्रविधिका लागि ८ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम विनियोजन गरेको जानकारी दिए।
उनले देशभरि सूचना तथा सञ्चारको विस्तार गर्न इन्टरनेट शुल्क घटाउने जानकारी दिए। त्यस्तै सरकारी कार्यालयहरुलाई डिजिटल कार्यालयको रुपमा रुपान्तरण गर्ने समेत बताए।
त्यस्तै गीत संगीतमा लागेका सर्जकहरुको उत्थान र फिल्म सिटी निर्माण लागि समेत बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले जानकारी दिए।
उनले इन्टरनेट एक्सचेन्ज कार्यक्रममार्फत् सूचना प्रविधिको विकास गरिने जानकारी दिए।
सामसुङको ग्यालेक्सी एस२२ सिरिज नेपाली बजारमा
सबैभन्दा बढी विश्वसनीय स्मार्टफोन ब्राण्ड सामसुङले ग्यालेक्सी एस२२ सिरिज नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी एस२२ अल्ट्रा, ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ मोबाइलहरु बजारमा ल्याइएको सामसुङले जनाएको छ ।
ग्यालेक्सी एस२२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरुका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरेको छ । आकर्षक एवं दीगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसर युक्त अद्भूत क्यामेराहरु रहेको कम्पनीले जनाएको छ ।
‘ग्यालेक्सी एस२२ सिरिजलाई प्रस्तुत गरेर …
फेसबुकको ‘टिकटक’ १ सय ५० देशमा
काठमाडौं । टिकटकको प्रतिस्पर्धीको रुपमा हेरिएको आफ्नो शर्ट भिडियो फिचर रील्सलाई फेसबुकले विश्वका १ सय ५० भन्दा धेरै देशमा सुरुवात गरेको छ ।फेसबुकको मातृ कम्पनी मेटाले मंगलबार उक्त जानकारी गराएको हो ।
पछिल्लो त्रैमासिकको खराब वित्तिय प्रतिवेदनसँगै बजार मूल्यको झण्डै एक तिहाई गुमाएको मेटा कम्पनीले रील्सलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ ।
फेसबुक कम्पनीले सन् २०२० मा इन्स्टाग्राममा रील्स फिचर सुरुवात गरेको थियो भने गतवर्ष सन् २०२१ मा फेसबुकमा रील्स फिचर परीक्षणका रुपमा ल्याएको थियो । अत्यन्तै लोकप्रिय चिनिया भिडियो एप टिकटकलाई टक्कर दिनका फेसबुकले रील्सको सुरुवात गरेको हो ।
मेटाका सिइओ मार्क …
कोरोनाको नयाँ भेरियन्ट भेटियो, ओमिक्रोनभन्दा बढी संक्रामक
एजेन्सी,पुस २०-
फ्रान्सका वैज्ञानिकहरूले कोरोना भाइरसको बढी संक्रामक नयाँ स्वरूप फेला पारेका छन्। यो स्वरूप (भेरियन्ट) धेरै उत्परिवर्तित (म्यूटेड) छ र यसको नाम आइएचयू हो।
यो बी.१.६४०.२ भेरियन्टलाई आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन्। वैज्ञानिकले यो संस्करणमा ४६ वटा उत्परिवर्तन भएको बताएका छन्। वैज्ञानिकहरूले यो ओमिक्रोनभन्दा बढी खतरनाक भएको बताएका छन्।
यो स्वरूपका कम्तीमा १२ जना संक्रमित मार्सेमा फेला परेका छन्। फ्रान्सबाट मानिसहरू अफ्रिकाको क्यामरुन गएका थिए। संसारका अधिकांश भाग ओमिक्रोनको चपेटामा परेका वेला आइएचयू भेरियन्ट फैलिने खतरा बढेको छ।