नेपाली काँग्रेसको वडा अधिवेशन आजबाट शुरू, ५६ जिल्लामा तयारी पुर्ण ।
काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (शुक्रबार)बाट वडा अधिवेशन सुरु हुँदै छ । हिजो (बिहीबार) साँझसम्म ५६ जिल्लाको क्रियाशील सदस्यहरुको सूची काँग्रेसको निर्वाचन समितिले पाएको छ ।
वडा अधिवेशनबाट सुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ। केन्द्रीय महाधिवेशन मङ्सिरको ९ देखि १३ गतेसम्म काठमाडौँमा हुनेछ।
कतिपय गाउँ र नगर वडामा सर्वसम्मत प्रतिनिधिहरूको चयनका लागि सहमति बनिसकेको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। क्रियाशील सदस्यता टुङ्गो लागेको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु हुने शर्माको भनाइ छ।
अझै २१ जिल्लाका क्रियाशीलको विवरण सार्वजनिक भएको …