१८ वर्ष पुगेपछि वयस्क मानेर मतदानको अधिकार दिएकाे कानुनले विवाह गर्ने अधिकार चाहिं किन नदिएकाे ?
१८ साउन, काठमाडौं । सप्तरीको विस्नु गाउँपालिका–१ का सन्तोषकुमार यादव र छिमेकी संगीता एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, जातीय कारणले दुई बीचको सम्बन्ध विवाहमा परिणत गर्न परिवार बाधक बन्ने स्थिति उनीहरूले देखे । अनि निष्कर्ष निकाले, ‘आफैं भागेर नगएसम्म प्रेम सफल हुँदैन ।’
८ फागुन २०७२ दिउँसो १ बजेतिर संगीताको घरमा कोही थिएनन् । त्यसपछि पूर्वयोजना अनुसार दुवै जना भारत जाने र विवाह गर्ने उद्देश्य सहित घरबाट निस्किए । उनीहरूलाई लागेको थियो– विवाह गरिसकेपछि परिवारले एकदिन कसो स्वीकार नगर्ला ?
घरबाट भागेर सुरुमा दुवै जना त्रियुगा नगरपालिका–३, उदयपुरमा रहेका मोहरबक्स …