मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्याली आयोजना हुँदै
पोखरा, बैशाख ११, २०८२ : मानवसेवा फाउण्डेशनको आयोजनामा यही बैशाख १२ गते शुक्रबार बिहान ७ बजे बृहत् ट्याक्सी र्याली आयोजना हुने भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले यो र्याली आयोजना गरिएको हो।महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजका अनुसार ट्याक्सी र्याली बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, …