गाैडेल थरकाे उत्पती, वसाेवास र पुर्वजहरू
गौडेल थर र वसोवासः
परिचयः गौडेल “गढवाल” बाट बसाईसरी आइ पर्वत जिल्लाको मुडिकुवा भन्ने स्थानमा वसोवास गरेका पुर्खा बाजे बिष्णुदत्त गौडेल लाइ गौडेल भन्ने गरिएको र सोही आधारमा उनका सन्तान दर सन्तानहरुले आफ्नो थर गौडेल भनी लेख्ने गरेको बुढापाकाहरुको भनाइ रहेको छ ।
पर्वत मुडिकुवा का स्व. चुडामणी रेग्मी गौडेलले वि.स. २००६ साल पौष ३ गते रोज ७ मा तयार गरेको गौडेलको पुस्तावरी फारम र यादव शर्मा गौडेलले संकलन गरी तयार गरेको २०५२ सालको गौडेल वशांवली पुस्तकको आधारमा पर्वत मुडिकुवा हुँदै स्याङ्गजा जिल्लाको रापाकोट गाविस वडा नं ५ परिवर्तित अर्जुनचौपारी …