छाला चिलाउने समस्या कुन भिटामिनको कमीले हुन्छ ?
काठमाडौं । छाला चिलाउँदा हामीलाई धेरै असहज महसुस हुन सक्छ । यो समस्या फंगल संक्रमणसहित धेरै कारणले हुने गर्छन् । छाला चिलाउने समस्या एक भागबाट सुरु भएर सम्पूर्ण भागमा फैलिन सक्छ । यस्तो अवस्थामा समयमै उपचार गर्नु निकै आवश्यक हुन्छ । छाला चिलाउने समस्या धेरै कारणले गर्दा हुन सक्छ । जस्तै कुनै खानाको एलर्जी, कुनै वस्तुको एलर्जी र कुनै औषधीको रियाक्सनले गर्दा पनि हुने गर्छ । यस बाहेक यदि हाम्रो शरीरमा केही भिटामिनको कमी भएमा पनि यो समस्या देखिने गर्छ । हाम्रो शरीरमा कुन भिटामिनको कमीले छाला चिलाउने समस्या आउने गर्छ । …