दशैंको मुखमा वृद्धभत्ता समेत रोकिने जोखिम
२४ असोज, काठमाडौं । काठमाडौंमा बस्ने राज सहनीको आफ्नो घर रहेको महोत्तरीको एकडारा गाउँपालिकाबाट व्यक्तिगत विवरण र नाता प्रमाणित गर्नुपर्ने थियो । दशैंको छुट्टी सुरु नहुँदै काम गरौं भनेर उनी वडा कार्यालय पुगे । तर, उनको कागजात बनेनन् । ‘यसकै लागि दशैंमा चाँडो घर आएको थिएँ, तर कर्मचारी आन्दोलनमा रहेको भन्दै काम भएन, रोकिएको छ । कर्मचारी भेटिँदैनन्, अब न काममा फर्कनु, न यहाँ काम हुन्छ,’ सहनी भन्छन् ।
गाउँपालिका र वडा कार्यालय खुलै भए पनि कर्मचारी नहुँदा काम हुन नसकेको गुनासो उनले गरे । स्थानीय तहका कर्मचारीको आन्दोलन देशभर नै …