नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जित
७ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगबार भएको एक मात्र खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१ ले पराजित गरेको हो ।
दोस्रो जितपछि १० अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा जनकपुरले हिमालयन रेइडर्सलाई ३५-२४ ले हराएको थियो ।
धनगढीको यो लगातार दोस्रो हार हो । धनगढी पहिलो खेलमा विराटनगर ब्यान्डिट्ससँग ४६-३४ ले पराजित भएको थियो । दुई खेल खेलेको धनगढीको एक अंक छ ।
सुरूवाती समयमा धनगढीले जनकपुरलाई दबाबमा राखेको थियो । तर, ट्याकलमा कमजोर …