पत्रकार महासंघको निर्वाचन : अध्यक्ष पदमा पाँचजनाको दावेदारी
नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि पाँच जनाले दावेदारी पेश गरेका छन् । यही चैत २५ गते हुने निर्वाचनका लागि पाँच जनाले अध्यक्षमा दावेदारी गर्दै शनिबार मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गराउने अध्यक्षका उम्मेदवारहरूमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोखरेल हुनुहुन्छ ।नेपाल पत्रकार महासंघका अनुसार वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उमेदवारी दिनुभएको छ ।
यसैगरी महासचिवमा बालकृष्ण वस्नेत, राजेश मिश्र, रोशन पुरी र सुबोध गौतम हुनुहुन्छ ।यस पटक पार्टीनिकटका पत्रकार संस्थाहरूका अतिरिक्त स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरू प्रशस्तै देखिएका छन् …