नमूना सदरमुकाम निर्माण स्थलमा रूख कटान सुरू, पहिलो चरणमा ४७ रुख काटिदै
कावासोती । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७ वटा रुख काटिने भएका छ्न ।
पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्य ४७ वटा रुखको डिभिजन वन कार्यालय कावासोतीले बिहिबार छपान गरेको डिभिजन वन अधिकृत शिशिर लम्सालले जानकारी दिए । २ वटा सिमलको रुखमा गिद्धले गुँड लगाएकाले ती रुखहरु भने काटिने छैन्न ।
अधिकृत लम्सालका अनुसार छपान गरिएका ४७ रुख मध्ये ४१ वटा सिसौ, ३ वटा सिमल, १ वटा करम र अन्य २ रुख रहेका छ्न । कटान गरिने रुख बाट २ हजार १ सय ७ क्युबिक फिट …