स्कुलबाट बच्चा लिएर आउने महिलाहरुको सिक्री लुट्ने समूह पक्राउ
२६ असार, काठमाडौं । स्कुलमा बालबालिका लिन गएका महिलाहरुको घाँटीमा लगाएका सिक्री लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिकामा असार १७ देखि १९ गतेसम्म चार वटा घटना भएको थियो । ललिपुर प्रहरीका अनुसार १७ गते अपराह्न सवा ४ बजे ललिपुर–१० महर्जन गल्लीमा पेम्बाकुमारी तामाङको सुनको सिक्री लुटपाटको प्रयास भएको थियो । पौने ५ बजे वडा नम्बर ११ की मिना शाक्यको ।
१८ गते वडा नम्बर ११ की ममता महर्जनको सुनको सिक्री लुटपाटको प्रयास भयो । भोलिपल्ट १९ गते साढे ४ बजे ललिपुर ४ धोविघाटमा शारिका कुशवाहको सिक्री लुटपाट भयो …