सप्तकोशीमा पानीको बहाव उच्च, २९ ढोका खोलियो ।
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको हो ।
सप्तकोशीमा मंगलबार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । पानीको बहाव उच्च भएपछि ब्यारेजको ५६ ढोका मध्य २९ वटा ढोका खोलिएका छन् ।
सप्तकोशीमा पानी बढेपछी कोशी आसपासका बासिन्दालाइ सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
कोशीको बाढीबाट हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको शसस्त्र प्रहरीको उद्धार टोली कोशी आसपासका …