घटेकै हुन् त रेडियोका श्रोता ?
रेडियोको आविष्कार १९ औँ शताब्दीको उत्तरार्द्धमा भएता पनि तारका माध्यमबाट एक ठाउँको खबर अर्को ठाउँमा पुर्याउने प्रक्रिया भने सन् १८३० (वि.सं. १८८६) मा मोर्स नामक वैज्ञानिकले गरे । सन् १८१५ मा इटालीका इन्जिनियर गुग्लिल्मो मार्कोनीले रेडियो टेलिग्राफका लागि पहिलो सन्देश प्रसारित गरेका थिए ।
नेपालमा भने रेडियोको इतिहास करिब ७२ वर्षको छ । प्रारम्भमा तत्कालीन क्रान्तिकालमा तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा सञ्चालन भएको रेडियो प्रसारणको निरन्तरता नै रेडियो नेपाल हो । रेडियो नेपालको औपचारिक स्थापना २० चैत २००७ मा प्रजातन्त्र रेडियोको नामबाट भएको हो । पछि यसको नाम परिवर्तनसँगै नेपाल रेडियो हुँदै …