विमानस्थलमा विद्यार्थी कुरिरहेका नगर प्रमुख
२६ असोज, काठमाडौं । इजरायलबाट नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा आगमन कक्षमा पर्खिरहेका थिए, स्वदेशबाट फर्किएका विद्यार्थीका अभिभावक र आफन्तहरू । त्यही भीडमा थिए, कृष्णपुर नगरपालिका कञ्चनपुरका नगरप्रमुख हेमराज ओझा ।
खादा र माला हातमा बोकेर बेग्र पतीक्षामा रहेका उनी सुदूरपश्चिम विश्वविद्यालय टीकापुरमा अध्ययनरत आफ्नो पालिकाका तीन जना विद्यार्थीलाई देख्नेबित्तिकै खुशीले मुस्कुराए ।
विमानस्थलका सुरक्षाकर्मीसँग अनुरोध गरेर एराइभल कक्षभित्रै पुगेर उनले क्रमशः तीनैजनालाई अंकमाल गरेर खादा लगाइदिए । ‘आफ्नै पालिकाका भाइहरू पनि परेका छन् भनेपछि घटना भएकै दिन फर्किने योजनालाई क्यान्सिल गरेर यतै बसिरहें । उनीहरू सुरक्षित छन् भने …
साथीहरुले ‘वी आर नेपाली’ भन्दा पनि छाडेनन्
२६ असोज, काठमाडौं । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु शुक्रबार बिहान २ः४० बजे काठमाडौं आइपुगेका छन् । उनीहरुमध्ये धेरैले इजरायल-हमासको द्वन्द्वपछिका चार दिन निकै कष्टपूर्ण रुपमा बितेको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइनखबरसँग कुरा गर्दै रामपुर क्याम्पस चितवनका विद्यार्थी रिजवान शाहीले आतंकवादी आउँदा नेपाली नेपाली साथीहरुले ‘वीर आर नेपाल, वी आर नेपाली (हामी नेपाली हौं)’ भनिरहे पनि गोली चलाएको बताए ।
उनका अनुसार पहिले पनि नियमितजसो मिसायल पड्किएको आवाज सुनिरहन्थ्यो, तर यसपटक आतंकवादीहरु छिरेर क्रुर तरिकाले आक्रमण गरेको उनले बताए । ‘हाम्रो क्यापमा बसेको बोसले लगभग ७० वर्षको हुनुभयो, …
इजरायलबाट नेपालीको उद्दार सुरु, काठमाडौं आइपुगे २५४ जना
२६ असोज, काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।
आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।
नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले नेपालीहरुको सुरक्षित राख्न इजरायल सरकार समर्पित पाएको बताए ।
आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आए पनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरु अधिकारीसँग भेट भएको बताए । उनले अघि भने , ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको …
इजरायलमा रहेका नेपालीहरूलाई लिन नेपाल एअरलाइन्सकाे विमान इजराइल उड्याे, परराष्ट्रमन्त्री पनि गए
२४ असोज, काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गएका छन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको थियो तर उनी बिहान तीन बजेपछि मात्रै त्यहाँका लागि उडेका छन् ।
चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उनी जाने टुंगो थिएन ।
प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कबिहीन छन् ।
तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा …