अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने
१४ माघ, काठमाडौं । तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)ले वा उनीहरूको माध्यमबाट लगानी भएको अमेरिकी सहयोग तीन महिनाका लागि रोक्ने निर्णय गरेका थिए ।
अमेरिकाको वैदेशिक सहायताको पुनःमूल्यांकन र पुनर्संयोजनसम्बन्धी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशअनुरुप विदेशमन्त्री रुबियोले वैदेशिक सहायता कार्यक्रहरूको समीक्षा शुरु गरेको पनि विदेश मन्त्रालयले जनाएको छ । यस्ता कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुका साथै अमेरिका पहिलो एजेन्डाअन्तर्गतको अमेरिकी विदेश नीतिसँग मेल …
माओवादी अध्यक्ष प्रचण्ड र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता
२५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।
भेटवार्ताका लागि उपाध्यक्ष सुमारसहितको टोली शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।
बिहीबार नेपाल आएलगत्तै सुमारले राजनीतिक भेटवार्ता जारी राखेकी छिन् । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटवार्ता सुरु गरेकी उनले बिहीबारै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छलफल गरेकी थिइन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा …