सिजी शास्वतधाममा ५० लाख दर्शनार्थी सम्मान गरिने ।
खगेन्द्र पराजुली, नवलपुर। शास्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण अवलोकन गरेको अवसरमा बिशेष कार्यक्रम हुने भएको छ । पुस २७ गते शनिबार शास्वतधाम परिसरमा आगन्तुक दर्शनार्थी स्वागत–सम्मान सहित विभिन्न धार्मिक साँस्कृतिक कार्यक्रमहरु हुने शास्वतधाम ब्यवस्थापन पक्षले जनाएको छ ।
द्यर्शनार्थी सम्मान तथा विविध कार्यक्रमका संयोजक घनश्याम चालिसेका अनुसार राष्ट्रिय–अन्तरराष्ट्रिय रुपमा प्रख्यात धार्मिक अभियन्ता–अगुवा, राष्ट्रिय स्तरका विशिष्ट ब्यक्तित्वहरु,, जनप्रतिनिधि, जिल्लास्थित कार्यालयका प्रमुख प्रतिनिधि र संघसंस्थाका पदाधिकारी प्रतिनिधिहरु, स्थानीय टोल, आमा समूह, सामाजिक अगुवाहरू समेतको उपस्थितिमा उत्सवमय समारोह हुने चालिसे बताउँछन् ।
यस्तै, काठमाण्डौ उपत्यकामा लोकप्रिय साँस्कृतिक झाँकी सहितको महाकाली नागचा नाच उपत्यका बाहिर पहिलोपटक …