सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई वटा खेल हुँदै

मंसिर ४, काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा र सङ्कटा क्लब खेल्दैछन् ।

खेल दिउँसो एक बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने पाँच बजे थ्री स्टार र च्यासल युथ क्लब खेल्दैछन् । हिजोदेखि सुरु भएको लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १४ क्लब सहभागी छन् ।