दीपेन्द्र रेग्मी, पुष ४, कावासोती ।
नेपालको राजनीतिक इतिहासमा एउटा तिखो खड्गझैं उभिएको जेन्जि आन्दोलनले भ्रष्टाचारको कालो बादललाई छिन्ने प्रयास गरेको थियो, तर त्यही आन्दोलनको आडमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले देशलाई अझ गहिरो घाउ दिएको छ ।
भदौ २३ र २४ गते (सेप्टेम्बर ८–९, २०२५) मा देशव्यापी रूपमा फैलिएको यो युवा विद्रोहमा शान्तिपूर्ण प्रदर्शनको नाममा केही अराजक तत्वहरूले सरकारी कार्यालय, प्रहरी चौकी, निजी सम्पत्ति र सवारीसाधनमा आगो सल्काएर लुटपाट मच्चाए ।
भदौ २४ मा भएको उच्छृङ्खल गतिविधिमा संलग्न आरोपमा देशभरबाट अहिलेसम्म अर्थात मंसिर २६ गते सम्म जम्मा ८७२ जना …










