एनसञ्चार अनलाइन || Nsanchar Online

Advertisment

SKIP THIS

एन सन्चार मिडिया प्रालीद्वारा सन्चालीत NSANCHARONLINE.COM बिस्तृत जानकारी ।

“सुचना र समाचारको विस्वासिलो आधार, सत्य तथ्य र निष्पक्ष एन सञ्चार” भन्ने मुलमन्त्रलाइ आत्मासाथ गर्दै नवलपरासीको कावासोतीबाट सम्भवतः पहिलो व्यक्तिगत अनलाइन मिडियाको रुपमा स्थापित यस एन.सञ्चार मिडिया आफुमा एक निष्पक्ष र तटस्थ अनलाइन मिडिया कम्पनी हो ।

मिडियाको क्षेत्रमा केही नौलो गर्ने योजनाका साथ स्थापित यस कम्पनीले गुणस्तरीय रुपमा ग्राहकको चाहना बमोजिमका अडियो तथा भिडियो सामाग्रीहरु उत्पादन , बिज्ञापन एजेन्सीको रुपमा बिज्ञापन उत्पादन, वितरण र व्यवस्थापन , टेलिचलचित्र,बृतचित्र निर्माण र प्रर्दशनी , रेडियो , पत्रपत्रिका , टेलिभिजन र अनलाईन संचार माध्यमको स्थापना र संचालन , साना , मझौला तथा व्यापक तहका कार्यक्रमहरुको आयोजना तथा व्यवस्थापन ,अडियो भिडियो सम्बन्धी अन्य कामहरु र मिडिया सम्बन्धी अन्य कामहरु अल्पकालिन र दिर्घकालिन रुपमा योजना बनाएर सञ्चालन गर्ने तयारीका साथ हामी तपाइमाझ आएका छौ ।

करिब डेढ दशक लामो निरन्तर संचार क्षेत्रको अनुभव संगालेका अनुभवी संचारकर्मीहरुको अगुवाईमा स्थापित यस कम्पनीले आगामी दिनहरुमा मिडियाको क्षेत्रमा नया नया प्रयोग गर्ने गरि आफ्नो कार्ययोजना बनाएर अघि बढीरहेको छ ।

आफ्नो पहिलो परियोजनाको रुपमा एन सन्चार अनलाइन डटकम नामक डिजिटल प्रत्रिकाको शुरुवात सगै एनसन्चार टिभी नामक युटुव च्यानल , फेशवुक पेज लगाएतका सामाजिक सञ्जालहरुबाट आफ्नो कार्य सञ्चालन गरिरहेको छ ।

प्रविधिका कारण बिश्व एउटै माला जस्तो बनिरहेको बर्तमान परिवेशमा डिजिटल पत्रकारितानै अबको भविष्य हो भन्ने उदेश्यका साथ हामीले एन सन्चार अनलाइन डटकमको शुरुवात गरेका हौ ।

एन सन्चार अनलाइन डिजिटल पत्रिका एक स्वतन्त्र , निष्पक्ष सन्तुलित अनलाईन संचार माध्यम बनाउने कुरामा हामी प्रतिबद्ध छौ । सत्य तथ्य र निष्पक्ष खबर जति सक्दो छिटो आमजनमानसमा पुर्याउन एन सन्चार अनलाइन मार्फत् हामी निरन्तर लागिरहनेछौ ।

हामी जे देख्छौ त्यही लेख्छौ । कसैको वहकाउमा आयर अर्थको अनर्थ लाग्ने खालका विषयवस्तुहरुलाइ समेटन हामी असमर्थ छौ । निरन्तर सन्तुलित विषयवस्तुहरुलाइ प्रस्तुत गर्ने उदेस्यका साथ हामी तपाइमाझ उपस्थित छौ ।

यो महाअभियानमा यहाको निरन्तर साथ सहयोग र सदभावको अपेक्षा गर्दछौ । तपाइको घरछेउमा पनि समाचार वन्ने खालका तर संचार जगतसग जोडिन नसकेका कुनै विसयवस्तुहरु छन भने हामीलाइ सम्पर्क गर्नुहोस । हामी त्यस्ता विषयवस्तुलाइ समाचार वनाइ तपाइमाझ प्रस्तुत गर्छौ ।

                                              एन.सञ्चार मिडिया प्राली
                                                कावासाेती,नवलपुर 
                                    मिडिया दर्ता नम्बर:- २६२४७७


© 2021 एनसञ्चार अनलाइन || Nsanchar Online All right reserved Site By : A1soft International Pvt.ltd